तेह्र वर्षीय छात्र परीक्षामा सहभागी

महोत्तरी, चैत २१ गते । तेह्र वर्षीय छात्र प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।

सिंहासनी मावि विद्यालयका विजय यादव यस वर्षको परीक्षामा नियमिततर्फबाट सहभागी भएका छन् । मनरा उमावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका यादव जिल्लाभरिमा नै सबैभन्दा कान्छा परीक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उनको जन्ममिति २०५८ साल जेठ १० गते रहेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

यस वर्ष महोत्तरीबाट एक सय चार विद्यालयका गरी नियमित तर्फबाट सात हजार ५७५ तथा पुनःपरीक्षातर्फबाट चार हजार ७४२ ले परीक्षा दिइरहेका छन् । जिल्लाभरि २८ परीक्षा केन्द्र छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना