सहकारीमा महिला

omdebi mallaओमदेवी मल्ल

स्वेच्छाले सङ्गठित भएर सामाजिक तथा आर्थिक उद्देश्य प्राप्तिका लागि बनाइएको व्यावसायिक सङ्गठन नै सहकारी हो । औद्योगिक क्रान्तिको जननी राष्ट्र बेलायतबाट अठारौँ शताब्दीको प्रारम्भसँगै सुुरुवात भएको सहकारी आन्दोलनकोे इतिहास नेपालमा भने खासै पुरानो छैन । नेपालमा सहकारीको प्रारम्भ भएको करिब छ दशक भए पनि सहकारी राम्रोसँग फस्टाउन थालेको धेरै समय भएको छैन । २०४८ सालमा सहकारी ऐन आएपछि नै सहकारी खोल्ने लहर आएको हो । हालसम्म नेपालमा ३३ हजारभन्दा बढी सहकारी दर्ता भई सञ्चालनमा आएका छन् । सहकारी आन्दोलनले अनेकौँ हण्डर ठक्कर खाई आर्थिक सामाजिक आन्दोलनका रूपमा स्थापित हुँदै यो वर्ष ५९औँ सहकारी दिवस मनाउँदै छ ।
सहकारीमार्फत आर्थिक रूपान्तरण सम्भव छ । त्यसका लागि सहकारीलाई बलियो खम्बाका रूपमा स्थापित गराउन जरुरी छ । सार्वजनिक, सहकारी र निजी क्षेत्रको आपसी सहकार्य र समन्वयमा नेपालमा दिगो र फराकिलो विकास हुनेमा दुुईमत छैन । सरकारले संविधानमा सहकारीलाई तीन खम्बाभित्र राखिसकेको छ । तीन खम्बे आर्थिक नीतिलाई संवैधानिक मान्यता दिएर सहकारीलाई आर्थिक विकासको महŒवपूर्ण आधारको रूपमा स्वीकार गरिसकेको छ । यसले सहकारीको गरिमा र महŒव अझ बढ्दै गएको छ ।
वास्तवमा सहकारी आर्थिक विकासको मेरुदण्ड नै हो । सहकारी सामूहिक व्यवसाय भएकाले यसमार्फत आर्थिक विकास सम्भव देखिएको हो । सहकारीले कृषि, जलविद्युत्लगायत जुनसुकै क्षेत्रमा पनि काम गर्न सक्छ । यसका लागि विभिन्न नीति, नियम बनाएर सहकारीलाई सहजरूपमा काम गर्न मिल्ने वातावरण बनाउन आवश्यक छ । विद्यमान नीति, नियमले सहकारीमार्फत विभिन्न उद्योग, व्यवसाय सञ्चालन गर्न व्यवधान आउँछ भने पनि तत्काल सरकारले नीति, नियम संशोधन गरी खुकुलो बनाउनुपर्छ । “आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी” भन्ने नाराका साथ ५९औँ सहकारी दिवस मनाइरहँदा सहकारीमार्फत हुने लगानीलाई सरलीकृत गर्न जोड दिनुुपर्छ । सहकारी सामाजिक व्यवसाय भएकाले पनि निजी क्षेत्र र सार्वजनिक संस्थानभन्दा बढी महŒवपूर्ण छ । ‘एक थुकी सुकी सय थुकी नदी’ भनेझैँ थोरै थोरै पुँजी सङ्कलन गरेर सहकारीमार्फत रचनात्मक काम पनि भइरहेका छन् । यसले व्यवसाय तथा उद्योगमा सदस्यको अपनत्व महसुस हुने भएकाले सहकारीले अब औद्योगिक क्षेत्रमा पनि लगानी गर्न ध्यान केन्द्रित गर्नुुपर्छ । नेपालको ग्रामीण क्षेत्रमा जहाँ सहकारी पुगेको छ, त्यहाँका स्थानीयको जीवनस्तर पनि समृद्धितर्फ उन्मुख भएको देखिन्छ ।
समाजका कमजोर र सीमान्तकृत वर्गलाई सामूहिकीकरणको माध्यमबाट सम्बोधन गर्न उद्यत सहकारी सामाजिक उत्तरदायित्व र कर्तव्यका क्षेत्रमा पनि महŒवपूर्ण अभियन्ताका रूपमा दरिलोसँग उभिएको छ । सहकारी भनेकै आयआर्जन र स्वरोजगारमूलक आर्थिक क्रियाकलापको माध्यमबाट सदस्यको समृद्ध जीवनको निर्माण गर्नुु हो । समूहमा मिलेर काम गर्ने गुण, सीप सिक्ने उत्सुकता, इमानदारिता, लेनदेनमा चुस्तता र समाजलाई उत्प्रेरित गर्ने काममा विश्वभर नै महिला अग्रणी स्थानमा रहेका छन् । पछिल्लो समयमा नेपालको सहकारी क्षेत्रमा पनि महिलाको सहभागिता उत्साहजनक बढ्दै छ । सधैँ चुलोचौकोमा सीमित महिला सहकारीमा लाग्दा उनीहरूको जीवनस्तरमा आमूल परिवर्तन भएको धेरै उदाहरण छन् । त्यसकारण पनि आर्थिक तथा सामाजिक दिगो विकासका लागि सहकारीले महिलालाई केन्द्रमा राखेर अधिकतम महŒव दिनुुपर्छ । महिला पनि सहकारी क्षेत्रको नेतृत्वको लिन तयार हुनुु आवश्यक छ ।
अहिले नेपालको सहकारीले धेरै क्षेत्रसँगै महिला सशक्तीकरणमा विशेष जोड दिएको छ । यद्यपि महिला सशक्तीकरणका कार्यक्रम अझै पर्याप्त हुनसकेका छैनन् । नेपालमा सञ्चालित सहकारीको तुलनात्मक अध्ययन गर्दा महिला नेतृत्वमा रहेर सञ्चालन भएका सहकारी राम्रा छन् । ती संस्थामा विकृति, विसङ्गति भेटिँदैन । नेपालका सहकारीमा झण्डै ४५ प्रतिशत महिलाको सक्रियता रहेको छ । सहकारीको व्यवस्थापनमा पनि करिब २५ प्रतिशत महिलाको पहुँच पुगिसकेको छ । महिला सदस्य मात्र रहेर स्थापना भएका सहकारीको सङ्ख्या पनि तीन हजारको हारहारीमा पुगिसकेको छ । यद्यपि आधा आकाश ढाकेका महिलाको तुलनामा यो सहभागितालाई पर्याप्त मान्न भने सकिँदैन ।
सहकारी नेतृत्वमा बढीभन्दा बढी महिलालाई स्थापित गराउन जरुरी छ । सहकारीमा हुने विभिन्न गतिविधिले महिलाको क्षमता बढाउँछ । महिलामा नेतृत्व गर्ने क्षमताको विकास हुँदै जान्छ । तुलनात्मकरूपमा महिला इमानदार हुन्छन् भन्ने देखिएकाले सहकारी क्षेत्रलाई महिलामय बनाउन आवश्यक छ । यो सहकारीमा महिलाको काम गराइ र त्यसको प्रतिफलले देखाएको बाटो हो । नेपालको हरेक क्षेत्रमा महिला सहभागिता कमै देखिन्छ । अधिकांश क्षेत्रमा महिलाले पर्याप्त अवसर पाउनसकेका छैनन् । मुलुकको सर्वाङ्गीण विकासका लागि महिलालाई बढीभन्दा बढी अवसर दिनुुपर्छ । यो अवस्थामा सहरदेखि ग्रामीण भेगसम्म पहुँच भएका सहकारीमार्फत महिलाले आफैँ पनि अवसरलाई पछ्याउन सक्नुुपर्छ । सहकारीमार्फत समाज तथा आर्थिक रूपान्तरणका लागि महिला स्वयं आत्मविश्वासका साथ लाग्नुुपर्छ । साथसाथै महिलालाई अवसर दिलाउनका लागि पनि सम्बन्धित निकायले जोड दिनुुपर्छ । बढी महिलालाई सहकारी क्षेत्रमा क्रियाशील गराउन सकियो भने आर्थिक विकास र सामाजिक रूपान्तरण सहकारीबाट सम्भव छ भन्ने प्रमाणित हुनसक्छ किनकि महिला साक्षर भए परिवार नै साक्षर हुन्छ भनेझैँ महिला सहकारी क्षेत्रमा बढीभन्दा बढी क्रियाशील हुनसके भने मुलुकको सामाजिक तथा आर्थिक विकास गतिशिल बन्नेमा कुनै शङ्का छैन । सहकारी क्षेत्रमा महिला सहभागिता बढाउनका लागि सूूचना, शिक्षा र तालिमलाई जोड दिनुु आवश्यक छ । यसो भए मात्रै सहकारीका प्रारम्भीक संस्थादेखि केन्द्रिय नेतृत्वतहमा महिलाको उल्लेख्य सहभागिता हुनसक्छ ।
नीति र ऐन अपुग भयो भने कुनै पनि क्षेत्रले प्रगति हासिल गर्न सक्दैन । सहकारी क्षेत्रमा पनि नीति र ऐन सहकारीमैत्री हुनसकेको छैन । त्यसकारण सहकारीको प्रवद्र्वन र विकासमा सघाउ पुुग्ने सहकारीमैत्री ऐन आउनुु जरुरी छ ।
विश्वका धेरै मुलुकले सहकारीबाट नै आर्थिक तथा सामाजिक रूपान्तरण गरेका उदाहरण प्रशस्त छन् । थोरै–थोरै पुँजी सङ्कलन गरेर सहकारीमार्फत मुुलुकको आर्थिक रूपान्तरण गर्न सकिने भएकाले पनि सरकारले नै यस क्षेत्रलाई विशेष प्राथमिकता दिनुुपर्छ । त्यसका लागि सबै नेपाली सहकारी क्षेत्रमा जोडिँदै सहकारीबाट गर्न सकिने विभिन्न गतिविधिमा क्रियाशिल हुन जरुरी छ ।
अहिले सहकारीले लगानी गरेर सञ्चालन भएका उद्योग, व्यवसाय, कृषिलगायतलाई हेर्दा साँच्चै अब मुुलुक विकासमा सहकारीको विकल्प छैन । सहकारी सहकारी मिलेर कुनै पनि क्षेत्रमा लगानी हुनसक्यो भने नेपालको विकासले पनि द्रुतगति लिनसक्छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा क्रियाशिल सहकारीले गरीबी निवारण र आर्थिक तथा सामाजिक रूपान्तरणमा पर्याप्त ध्यान दिनु जरुरी छ । सहकारी नेपाली समाजको अनिवार्यता बनिसकेको अहिलेको अवस्थामा सहकारीको पहुँचमा आइनसकेको वर्ग र क्षेत्रलाई ढिला नगरी यसको दायरामा ल्याउनुु अपरिहार्य छ । सहकारीमार्फत कृषि, जलविद्युत्, उद्योगलगायतका विकासका धेरै क्षेत्रमा लगानी गर्न अन्य क्षेत्र पनि सहकारीसँग हातेमालो गरेर अघि बढ्नसके मात्र नेपाल सबल र समृद्ध बन्न सक्छ । “आर्थिक र सामाजिक रूपान्तरणका लागि सहकारी” भन्ने ५९औँ सहकारी दिवसको नाराको सार्थकता हुनसक्छ ।

(लेखक राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष तथा व्यवस्थापिका संसद्का सांसद हुुनुहुुन्छ । )

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना