फिल्म ‘आरोप’ बैशाखमा रिलिज हुने

aarop (5)

परासी समाचारदाता

नवलपरासी, माघ १३ गते । अमर ओली द्धारा निर्देशित फिल्म ‘आरोप’ले

आगामी बैशाखमा रिलिज हुने गरि तयारी गरेको छ ।

पारिवारीक कथा वस्तुमा आधारित फिल्म आरोप छायांकनको काम सकिसकेको

अवश्थामा अहिले गित संगितको मिक्सीड. चली रहेको छ भने फिल्म आरोप

आगामी २०६२ को नयां वर्षको अवशर पारेर फिल्म रिलिजको तयारी भई

रहेको फिल्मका निर्देशक अमर ओलीले संचारकार्मीलाई बताउनु भयो ।

परिवारमा एक जना पनि खराब भए पछि पुरै परिवारलाई नै समस्या आई

लाग्ने विषय देखाउन खोजिएको फील्म आरोपमा आमा छोराका विछोड र

पछि भेट हुने कथाबस्तुमा आधारित रहेको फिल्ममाको जम्मा लागत चालिस

लाख भन्दा बढि खर्च लाग्ने पुर्वाअनुमान गरिएको निर्देशक ओलीले

बताउनु भयो ।

फिल्म सुटिड.को अधिकांश काम नवलपरासीको नवलपुर क्षेत्रमा गरिएको

फिल्ममा अभिनेताको भमिकामा किशोर खतिवडा, अभिनेत्रिको भुमिकामा

संचिता लुईटेल रहनु भएको छ । मुख्य भिलेन भुमिकामा शुशिल पोखरेलको

महत्वपुर्ण भुमिका रहेको फिल्मका निर्देशक ओलीले संचारकर्मीलाई

बताउनु भयो ।

निर्देशक ओलीका अनुसार ४ वटा संगित रहेका फिल्ममा गितकार शंकर

अधिकारीको गित एवं संगितकार विकास चौधरीको संगित रहेको छ । फिल्ममा

नवलपरासीका स्थानिय कलाकारहरुमा राजु गहतराज एवं राजु रावल रहनु भएको

निर्देशक ओलीले बताउनु भयो ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds