न्यूनतम पारिश्रमिक लागू गर्नेबारे लगानीकर्तासँग छलफल

काठमाडौँ, चैत १८ गते । सूचना तथा सञ्चामन्त्री शेरधन राईले हालै वृद्धि गरिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि छलफल अघि बढाउनुभएको छ ।

न्यूनमत पारिश्रमिक वृद्धिका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार पत्रकारको पारिश्रमिक व्यवहारमै कार्यान्वयन गर्ने विषयमा मन्त्री राईले ठूला सञ्चारगृहका लगानीकर्तासँग परामर्श गर्नुभयो ।

मिडिया सोसाइटीको नेतृत्वमा सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा सरोकारवाला सङ्घसंस्था र विज्ञको सुझावका आधारमा न्यूनतम तलव निर्धारण गरिने बताउनुभयो ।

मन्त्री राईले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सवालमा सकारात्मक ढङ्गबाट सहयोग गर्नसमेत मिडिया लगानीकर्तासँग आग्रह गर्नुभयो ।

सोही अवसरमा मिडिया सोसाइटीका प्रतिनिधिले न्यूनतम निर्धारण समितिले सिफारिस गरेको १९ हजार ५०० अहिलेकै अवस्थामा लागू गर्न कठिन हुने बताएका थिए ।

मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले लगानीकर्ताको सहभागिताबिना न्यूनतम पारिश्रमिक समितिले एकलौटी रूपमा गरेको सिफारिस आफूहरूलाई मान्न नहुने बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सबै पक्षको छलफलका आधारमा समस्याको समाधान गरिने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना