• ६ चैत २०८०, मङ्गलबार

गाईलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

blog

साङ्केतिक तस्बिर

धनगढी, भदौ ७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित छ लेन सडकको चौकमा छाडा चौपायामा मोटरसाइकल ठोक्किँदा चालक र एक गाईको ज्यान गएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते वडा नम्बर १३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको उपचारको क्रममा ज्यान गएको हो । निसर्ग अस्पतालमा उपचारको क्रममा चालकको ज्यान गएको प्रहरीले जनाएको छ । बोगटीले चलाएको सु.प.प्र ०१०११ प. ३८१६ नम्बरको मोटरसाइकलले गएराति १० बजे छाडा गाईलाई ठक्कर दिएको थियो । गाई घटनास्थलमा नै मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । चालक बोगटीको टाउको, हात, दाहिने खुट्टामा चोट लागेको थियो । 

यसैगरी, मोटरसाइकल पछाडि सवार बोगटीका श्रीमती ३४ वर्षीया सर्मिला राईको बायाँ हात र कम्मरमा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ । घाइते राईको निसर्ग अस्पतालमा नै उपचार भइरहेको छ । 

Author

अविनाश चौधरी