सविधानसभा भंग गर्नेसँग तत्काल कुनै वार्ता नहुने– श्रेष्ठ

Narayan Kaji Shrestha   2 By rajendra Chitrakar
काठमाडौ, माघ १३ गते । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा भंग गर्न चाहनेहरुसँग तत्तकाल ३० दलीय गठबन्धनको सहकार्य नहुने बताउनुभएको छ । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जारी आन्दोलनको लक्ष मिल्नेहरुसँग मात्र सहकार्य हुनुपर्ने बताउनुभएको हो ।
‘‘संविधान निर्माणको लागि हामी अत्यान्तै लचिलो भएर प्रस्तुत भएका थियौँ । कांग्रेस एमालेसँग हामीले लगातार छलफल गर्दै आएपछि सहमतिबाट संविधान बन्नेस्थितिमा पुगेको थियो,” एमाओवादी नेतृत्वको गठबन्धनका लागि आन्दोलन बाध्यात्मक बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘‘तर संविधानसभामा प्राप्त मतको अंक गणितले कांग्रेस र एमालेलाई अन्धो बनायो । पछिल्लो अवस्थामा त जब संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा सहमतिको प्रक्रियाले एक स्तरको गुणात्मक फड्को मा¥यो, उहाँहरुबाट अचानक त्यसलाई भड्काऊने काम भयो ।”
‘‘अहिले संविधानसभा विघटन हुनुपर्छ भने शक्ति परिवर्तनकामी शक्तिहरु नै हुनुहुन्छ । तर अहिलेको आन्दोलन उहाँहरुसँग संयुक्त आन्दोलन हुनसक्दैन,” उहाँले भन्नुभयो, ‘‘किनकी हामी संविधानसभाबाट संविधान बनाउन लागिरहेका छौँ । उहाँहरु संविधानसभा विघटन गर्नुपर्छ भनिरहनुभएको छ । त्यसले दुबै पक्षलाई फाईदा गर्दैन । हामीलाई संविधानसभाबाट संविधान बनाउन चाहिरहेका छैन भन्ने आरोप लाग्छ । भने संविधानसभा विघटन गर्नुपर्छ भन्ने शक्तिलाई भोलि त्यो पूरा नहुँदा धोका दिएको ठहर्छ ।”
नेपाली जनताले ६० दशकभन्दा लामो लडाईँपछि संविधानसभाबाट संविधान निर्माण गर्ने अधिकार पाएको उल्लेख गर्दै उहाँले आफूहरु प्राप्त उपलब्धीलाई संस्थागत गर्न र उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको हक अधिकार सुनिश्चित गर्न हर हालतमा यो संविधानसभाबाट संविधान लागि परेको बताउनुभयो । यद्यपी कांग्रेस र एमाले ऐतिहासिक सम्झौता त्यसका निर्देशनहरु विर्सिएर बहुमतीय प्रक्रियाबाट संविधान बनाउन र जसरी पनि घोषणा गर्नेतिर अघि बढेकाले समस्या सिर्जना भएको उहाँको भनाई थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना