सिरहामा ७० परीक्षार्थी एसएलसी दिनबाट वञ्चित

लहान, चैत १७ गते । बिहीबारदेखि सुुरु हुने यस वर्षको एसएलसी परीक्षामा सिरहाबाट ७० जना परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बीचमा विद्यालय छाड्ने, कम उमेर भएका, वर्षमा ७५ प्रतिशत हाजिरी नपुगेका, परीक्षा फर्म नभरेको, फर्ममा त्रुटि देखिएका र समयमा राजस्व नबुझाएका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ । यस वर्षको एसएलसी परीक्षामा सिरहाबाट १३ हजार २३५ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार सिरहाबाट यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ नौ हजार ६६५ र एक्जाम्टेडतर्फ तीन हजार ५७० जना सहभागी हुनेछन् । व्यवस्थित र मर्यादित रुपमा परीक्षा सञ्चालनका लागि सिरहामा ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिशिअ महतोले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना