• ६ चैत २०८०, मङ्गलबार

रक्तदानले गर्भवती महिलालाई जीवनदान

blog

जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रक्तदान गर्नुहुँदै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, भदौ ६ गते । जिल्ला अस्पताल मुगुमा चार दिनदेखि उपचाररत गर्भवती महिलालाई  जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सोरु गाउँपालिका २ की तुथा शाहीलाई गौतमले रगत दिनुभएको हो ।

शाहीको शरीरमा रगत कमी भएकाले सुत्केरी गराउन नसके पछि जिल्ला अस्पताल मुगुको प्रसुतीगृहमा चार दिनअघि भर्ना गरेर राखिएको अस्पतालका डाक्टर नहकुल शाहीले बताउनुभयो । उहाँका अनुसार रगत कमी भएर बच्चालाई जन्म दिन सक्नुभएको थिएन । 

रगत दाता नभेटिएपछि निमित्त कार्यालय प्रमुख गौतमले रगत दिनुभएको हो । गौतम लगायत अर्का एक जना दातामार्फत ३५० एमएल रक्तसमूह ए को रगत उपलब्ध भएपछि उपचारमा सहज भएको डाक्टर शाहीले बताउनुभयो ।