• १५ चैत २०८०, बिहिबार

फरार प्रतिवादी पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ६ गते । बालयौन दुराचार गरेको अभियोगमा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने ५१ वर्षीय  हरिकृष्ण कोजु रहेका छन् ।

कोजुलाई प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले आइतबार भक्तपुरको गुण्डुचोकबाट पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरबाट बालयौन दुराचार अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका कोजुलाई पुनः जिल्ला अदालत भक्तपुरमा सोमबार पेश गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।