• १६ चैत २०८०, शुक्रबार

एमबाप्पेको ह्याट्रिसँगै लिलेमाथि पीएसजीको गोल वर्षा

blog

लिलेविरुद्ध गोल गरेपछि पीएसजीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, भदौ ६ गते । केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लिलेमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा ७–१ गोलले हरायो ।

पीएसजीको जितमा एमबाप्पेसँगै नेयमारले दुई, लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गर्नुभयो । लिलेका जोनाथन बाम्बाले सान्त्वना गोल फर्काउनुभएको थियो । एमबाप्पेले खेल सुरुभएको आठौं सेकेन्डमै खाता खोल्नुभएको थियो । उहाँले ६६औं र ८७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो ।

नेयमारले ४३औं र ५२औं तथा मेस्सीले २७औं र हाकिमीले ३९औं मिनेटमा गोल गर्नुभएको थियो । लिलेका जोनाथनले ५४औं मिनेटमा एक गोल फर्काउनु भएको हो । लिगमा लगातार तेस्रो जित निकालेको पीएसजी नौ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट चार अंक बनाएको लिले १२औं स्थानमा छ । एजेन्सी