• ७ वैशाख २०८१, शुक्रबार

निर्वाचन आचारसंहिता संशोधन गर्न एमालेको १३ बुँदे सुझाव

प्रचारप्रसारमा २५ जनाभन्दा बढी लान नपाइने व्यवस्था हटाउन माग

blog

काठमाडौं, भदौ ६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आयोगले प्रस्ताव गरेको आगामी निर्वाचनको आचारसंहिता संशोधन गर्न १३  बुँदे सुझाव प्रस्तुत गरेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले सोमबार विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहितामा स्वच्छता, पारदर्शिता र तटस्थताको पक्षमा ध्यान दिनुपर्ने जनाएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन, उम्मेदवारको मनोनयन पत्र पेश गर्न वा प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने व्यवस्था हटाउन एमालेले निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

यस्तै, एमालेले निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचारसंहिता लागू नगर्न, जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने अनुमति भन्ने हटाउन, जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने विषयमा संशोधन गर्न सुझाव दिएको छ ।