विद्यालय रोजाइका आधार

nagendra raj paudelनगेन्द्रराज पौडेल


आगामी २०७३ वैशाख २ गतेदेखि हिमाली भेकबाहेक नेपालका अन्य स्थानमा नया“ शैक्षिक सत्र सुरु हु“दैछ । विगत वर्षको शैक्षिक उपलब्धिको लेखाजोखा गर्दै आगामी सत्रका लागि नवीन दृष्टिकोणका साथ कार्यक्रमसहित विद्यार्थी तान्नु यतिबेला सबै विद्यालयको ध्येय हुनुपर्ने हो पनि यस मामलामा हाम्रा सामुदायिक विद्यालयहरू पछि परेको पाइन्छ । संस्थागत (निजी) विद्यालयहरू विद्यार्थी तान्न उहिल्यैबाट लागिपरेका छन् । यहा“नेर स्पष्ट देखिन्छ सरकारी र निजी लगानीबीचको अन्तर ।
अभिभावकका लागि पनि यो समय बडो कौतुहलता र जिज्ञासाको समय हो । आफ्ना बाबु नानीलाई कुन विद्यालयमा भर्ना गर्ने भनेर दोधारमा हुनु स्वाभाविक पनि हो किनभने निजी विद्यालयले गरेका विज्ञापन, देखाएका सपना र भावी योजना सुन्दा यो पनि ठीक ऊ पनि ठीक जस्तो लाग्छ । नमरी स्वर्ग देखिन्न भनेझैँ हतारमा गरिएको निर्णयको परिणाम त्यो बेला मात्र थाहा हुन्छ जुनबेला आफूले भर र विश्वास गरेको विद्यालयबाट आफ्ना बच्चाबच्चीले आशातीत परिणाम ल्याउ“दैनन् । सुँगा रटाइको परिणती परीक्षाफल देखाउने लब्धाङ्कपत्रमा प्राप्ताङ्क प्रतिशत बढी देखिएला तर वास्तविक जीवनमा आइपर्ने समस्या समाधानस“ग वा भनौँ व्यावहारिक जीवनस“ग त्यो प्राप्ताङ्कले कुनै सघाउ पु¥याउँदैन भने त्यस्तो प्राप्ताङ्कले कुनै अर्थ र महìव राख्दैन । यसैकारण अनुभवीहरू पढेरभन्दा परेर जानिन्छ भन्छन् । अतएव आफ्ना बाबुनानीका लागि तपाईं हाम्रो विद्यालय रोजाइको एउटा पाटो त्यहा“ के पढाइन्छ, कस्तो पढाइन्छ र कसरी पढाइन्छ भन्ने पनि हुनुपर्छ । शिक्षालाई वास्तविक जीवनस“ग सान्निध्यता नगरीकन घोकन्ते पढाइलाई जोड दिने कुनै पनि विद्यालय रोजाइका लागि प्राथमिकतामा पर्नु हु“दैन । यसका लागि विगतको उसको उत्पादन र उत्पादित जनशक्तिले उच्च शिक्षामा प्राप्त गरेको सफलताका साथै व्यावहारिक जीवनमा उनीहरूले व्यतित गरेको जीवनशैलीलाई सूचकका रूपमा लिनुपर्ने हुन्छ ।
विद्यालय छनोटको एउटा महìवपूर्ण पाटो आफ्नो रोजाइको विद्यालय अनुमति प्राप्त हो, होइन एकीन गर्नु पनि हो । सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत सरोकारवाला विद्यालय कुन तह, कति कक्षासम्म सरकारद्वारा अनुमति प्राप्त गरेको हो बुझ्न सकिन्छ । कतिपय जिल्ला शिक्षा कार्यालयहरूले त स्थानीय पत्रपत्रिकामा सूचना प्रकासित गरेर अनुमति पाएका विद्यालयहरूको नाम नामेसीसमेत सार्वजनिक गरेका हुन्छन् । कथमकदाचित अनुमति नपाएको विद्यालय, तह वा कक्षामा भर्ना गरिँदा पछि जिल्लास्तरीय परीक्षा (कक्षा ८ ), प्रवेसिका परीक्षा (कक्षा १० ) मा आफूले नपढेको विद्यालयबाट सम्मिलित हुनुपर्ने अवस्थासमेत आउन सक्छ । यसर्थ सचेत अभिभावकको दायित्व आफ्ना बाबु नानी भर्ना गर्नुपूर्व विद्यालय अनुमतिप्राप्त हो भन्ने कुरामा आफू विश्वस्त हुनसक्नु पनि हो ।
अर्को पाटो आर्थिक पनि हो । एकातिर सरकारले माध्यमिकसम्मको शिक्षा निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ भने अर्कोतिर सन्तानका लागि गुणस्तरीय तथा गरीखाने शिक्षा दिन सकी नसकी निजी विद्यालयमा पठाउने रहर गरेको पनि पाइन्छ । हो, सियो बनेर पस्ने हात्ती बनेर निस्कने अर्थात् भर्नाका बेला अति नरम भई रकम कलममा छुटको प्रलोभन देखाउने, खाजा स्टेसनरीदेखि बस भाडामा समेत छुटको प्याकेज तेस्र्याई भर्ना गर्ने अनि कहिले परीक्षा फाराम भर्दा त कहिले परीक्षाका बेला यो वा ऊ बाहनामा पहिला भनिएको छुटको साँवा ब्याजसमेत असुल्ने गरी दस्तुरपत्र (विल) पठाएर अभिभावकको ढाड सेक्ने प्रवृत्ति पनि व्याप्त छ । त्यसैले त अचेल कतिपय अभिभावक बालबालिकालाई स्कुल पठाएको नभनी ‘फिसकुल’ पठाएको भन्छन् । लाज, कचकच वा इज्जतको सबाल नगरी प्रत्यक्ष स्पष्ट हुन जरुरी छ । किनभने खसी देखाएर फर्सी दिनेहरूको जमात पनि यस क्षेत्रमा निकै छ । तसर्थ यस्ता कुरामा समयमा नै सचेत हुनुपर्छ ।
स्कुल छनोटको अर्को पाटो भयरहित वातावरण छ छैन हेर्ने पनि हो । सरकारले शैक्षिक संस्थालाई बालमैत्री बनाउन आह्वान गरी सामुदायिक विद्यालयमा बालमैत्री सिकाइ एक किसिमले लागू गरिसकेको पनि छ तर आज कतिपय निजी विद्यालय यस्ता छन्, जहा“ डर, त्रास र भयकाबीच सिकाइ प्रक्रिया अघि बढाइन्छ । विभिन्न समाचार माध्यममा शिक्षकको पिटाइबाट विद्यार्थी सख्त घाइते भएका,  अङ्ग भङ्ग नै भएका खबर आइरहेका हुन्छन्, जुन कुरा आजको शैक्षिक प्रणालीले सोच्नसम्म पनि सक्दैन । तसर्थ बालमैत्री विद्यालय र भयरहित शिक्षण सिकाइ प्रक्रियाको सुनिश्चिता नदेखेको कुनै पनि विद्यालय हाम्रा बाबुनानीका लागि उपयुक्त र रोजाइको विद्यालय हुनुहुन्न र हुन पनि सक्दैन ।
निश्चय नै कुनै पनि विद्यालयको आफ्नो सेवाक्षेत्र हुन्छ । हो अब हाम्रा बाबुनानी पढ्ने विद्यालयको सेवा क्षेत्र कस्तो छ ? कस्ता खाले बच्चाहरू कुन समुदायबाट आउने गर्छन् यसलाई पनि विद्यालय छनोटको एउटा आधार बनाउन जरुरी छ । संस्कृतमा ‘सङ्गते जायते फल’ अर्थात् सङ्गतगुणाको फल यसै बनेको होइन । पैदल हिंँड्नेको सङ्गत गरेर गाडी चलाउन जानिन्न“ । आफ्ना बच्चा पठाउने विद्यालयमा अरु कस्ता कस्ता बच्चा आउ“छन्, कस्तो समुदायको हाबी छ त्यसको सेवाक्षेत्रमा ? अति सम्भ्रान्त, विलासी जीवनका हिमायतीको बाहुल्यता वा धनाढ्यहरूको बाहुल्यता आदि पक्षका आधारमा पनि आफ्ना बालबच्चाका लागि भावी सुखद जीवनको आधार गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदायक संस्था छान्न जरुरी छ, अन्यथा मरिसकेपछिको औषधिले कसैका लागि पनि काम गर्दैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना