• ६ चैत २०८०, मङ्गलबार

फिलिपिन्समा कोरोनाबाट एकै दिन ४९ जनाको मृत्यु

blog

मनिला, भदौ ६  गते । फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र तीन हजार छ सय ४३ जनामा कोरोना सङ्क्रमण भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।

यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित छन् । यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजारभन्दा बढीमा  सङ्क्रमण थियो ।

त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस/सिन्हवा