• ८ वैशाख २०८१, शनिबार

एक किलो चरेससहित धनगढीबाट एक युवक पक्राउ

blog

सामाजिक सञ्जालबाट जिप्रका कैलालीको फोटो

भवानी ऐर

गोदावरी (कैलाली), भदौ ६ गते । लागूूऔषध चरेससहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन् ।

धनगढी उप–महानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल सञ्चालन गरेका ३६ वर्षीय दिनेश सिंह एक किलो चरेससहित पक्राउ परेका हुन् । 

बझाङ जयपृथ्वी नगरपालिका–६ घर भएका सिंहको किराना पसलबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार बिहान सादा पोशाकमा खटिएको प्रहरीलाई शङ्का लागेर चेकजाँच गर्दा लुकाई छिपाई राखेको चरेस बरामद गरिएको हो । 

चरेससहित पक्राउ परेका सिंहमााथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।