• १६ चैत २०८०, शुक्रबार

पुरानो घर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’

blog

काठमाडौँ, भदौ ६ गते । पुरानो घर थिएटर अहिले नयाँ नाटकको तयारीमा जुटेको छ। ‘म’, ‘लाटीको छोरो’, ‘खत’ लगायत एकपछि अर्को नाटक मञ्चन गरिरहेको पुरानो घरले यसपालि नेपाली अनुवादमा नाटक ‘एन इन्स्पेक्टर कल्स’ गर्न लागेको छ।

डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। नाटकलाई नैतिकतावादी ‘मोरालिटी प्ले’ भनेर पनि व्याख्या गरिन्छ। सन् १९१२ को ब्रिटिस समुदायको सेटिङ बनाएर लेखिएको नाटक आज २०२२ मा नेपालमा नाट्यकरण गर्दा पनि नाटकको विषयवस्तु उत्तिकै सान्दर्भिक छ। 

नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भइरहेको पार्टीबाट सुरु हुन्छ। सौर्य मल्लको छोरी शिला मल्लको इन्गेज्मेन्ट आफूभन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिरशमशेर राणासँग हुँदैछ। यसैको पार्टीमा खुसी मनाइरहेका बेला डोर बेल बज्छ अनि भित्र छिर्छ एउटा इन्स्पेक्टर। को हो त्यो इन्स्पेक्टर ? ऊ किन त्यहाँ छ ? यसैको वरपर घुमेको छ नाटकको कथा। इन्स्पेक्टरले गर्ने हरेक क्रियाकलापलाई नाटकमा प्रस्तुत गरिएको छ। नाटक यही भदौ १७ गतेदेखि मञ्चन हुँदैछ। राजकमल फकिरको अनुवाद र निर्देशनमा तयार पारिएको नाटकमा आभाश अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदिन लुइँटेल र शिशिर सिवाकोटीको अभिनय रहेको छ।