बस खस्दा एकको मृत्यु, २७ जना घाईते

busमाला कर्ण सप्तरी, माघ १३ गते । सप्तरीको बक्धुवामा मंगलबार विहान एक यात्रुबाहक बस सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त हु“दा बसमा सवार यात्रुमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका २७ जना मध्ये एकको अवस्था गम्भिर रहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जा“दै गरेको ना. ४ ख. ६९७६ नम्बरको यात्रुबाहक बस बक्धुवा– ८ स्थित खोला माथि रहेको पुलको रेलिङ्ग भत्काउ“दै अनियन्त्रित भई खोलामा खसेको हो । बसको गति बढी रहेका अनियन्त्रित भई खोलामा खसेको स्थानीयले बताएका छन् ।
यता दुर्घटनामा परी सुनसरीको दुहबी ५ का ४९ वर्षिय मोहम्मद आसिमको घटनास्थलमै मृत्यु भएको छ । उनको शवलाई पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्प्तालस्थित मुर्दा घरमा राखिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
बस दुर्घटनामा परी घाईते भएका एक दर्जन यात्रुमध्ये आधा दर्जनको अवस्था गम्भिर रहेको बताईएको छ । घाईते सबैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि सघन उपचारकालागि विराटनगरस्थित विभिन्न अस्पताल पठाईएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त बसका चालक भने फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना