• ८ वैशाख २०८१, शनिबार

२४ घण्टामा २८६ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, भदौ ५ गते। पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ४२३ कोरोना परीक्षण गर्दा २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

एक हजार ८१६ जनाको  पीसीआर परीक्षण गर्दा २०२ र एक हजार ६०७ एन्टिजेन परीक्षण गर्दा ८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७९ जना सङ्क्रमणमुक्त भएका छन् भने हाल मुलुकमा चार हजार ३४८ जना सक्रिय सङ्क्रमित रहेका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा चार हजार ३८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।