• १३ वैशाख २०८१, बिहिबार

उपराष्ट्रपतिद्वारा नेता गिरीप्रति श्रद्धाञ्जलि अर्पण

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ ५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनुभएको छ । उपराष्ट्रपतिले गिरीले भौतिक रुपमा बिदा हुनु भए तापनि उहाँको विचार र देशका लागि पु¥याउनुभएको योगदानले सधैँका लागि बाँचिरहने बताउनुभएको छ । 

उहाँले दिवंगत गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।