• १३ वैशाख २०८१, बिहिबार

सडक र यातायातको विकासले अन्य विकासलाई निम्त्याउँछ – पूर्वाधार मन्त्री राई

blog

सडक निर्माणको शिलान्यास गर्दै मन्त्री राई । तस्विर ः सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक र यातायातको विकास सबैभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ । 

आइतबार नेपालगञ्ज – १५ मा जमुनाहादेखि पिप्रहवासम्मको सडक निर्माणको शिलान्यास गर्दै मन्त्री राईले गाउँ गाउँमा सडक र यातायात पु¥याउने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा सडक र यातायात पुगेपछि अन्य सबै विकास क्रमशः हुँदै जाने बताउनुभयो । 

सडक र यातायातले विद्युतलगायतका अन्य सबै विकासलाई निम्त्याउने जनाउँदै उहाँले सोही कारणले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशका सबै दुर्गम र पिछडिएका स्थानमा सडक र यातायात पु¥याउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । 

मन्त्री राईले गाउँ घरमा शिक्षाका लागि राम्रो विद्यालय, स्वास्थ्य उपचारका लागि राम्रो अस्पताल, विद्युत्, सडक र अन्य पूर्वाधार तयार गर्ने हो भने ती गाउँ घर क्रमशः सहरमा परिणत हुने बताउनुभयो । 

सोही अवसरमा सडक विभाग आरआईडिपी अन्तर्गत सो सडक निर्माण गरिने र छिट्टै सडकको निर्माणकार्य शुरु गरेर समयमै सम्पन्न समेत गरिने आरआइडीपीका उज्ज्वल श्रेष्ठले बताउनुभयो । 

सोही प्रकारले मन्त्री राईले डुडुवा नदीमा निर्माण गरिने नयाँ फराकिलो पुल निर्माणको पनि शिलान्यास गर्नुभएको छ । 

शनिबार उहाँले जमुनाहादेखि कोहलपुरसम्मको फोरलेन सडकमा निर्माण गरिने पाँच वटा आकाशे पुल र जमुनाहादेखि राँझासम्मको अस्फाल्ट सडक ओभरले आयोजनाको पनि शिलान्यास गर्नुभएको थियो ।