• ६ चैत २०८०, मङ्गलबार

गुल्मीमा बेवारिसे शव फेला

blog

तिलाचन पाण्डे
तम्घास, भदौ ४ गते ।
गुल्मीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको इश्मा गाउँपालिका –१ हस्तिचौरको बसेनी सामुदायिक वनमा महिलाको बेवारिसे शव फेला परेको हो ।

शनिबार बिहान स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्न गरिरहेको जानकारी दिनुभयो ।

प्रमुख दाहालका अनुसार शव सडेको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न सकिएको छैन । शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको दाहालले बताउनुभयो ।