• ६ वैशाख २०८१, बिहिबार

फोहोर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

blog

काठमाडौं, भदौ ३ गते । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा पनि हातेमालो गर्न  थालेका छन् ।

यसैक्रममा उनीहरुले शुक्रबार बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् ।

सो अभियानमा नेरेसो काठमाडौं जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहोर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सफाइ कार्यक्रमको पहिलो दिन शुक्रबार बिहान बागवजार, कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो  । यस अभियानले स्वच्छ काठमाडौं बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ ।”