• ६ चैत २०८०, मङ्गलबार

माओवादी केन्द्रको पदाधिकारी टुङ्गो लागेन, अर्को बैठक भोलि बस्ने

blog

तस्बिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरणको फेसबुकबाट

काठमाडौं, भदौ ३ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले शुक्रबार पनि पदाधिकारी टुङ्गो लगाउन सकेन ।

शुक्रबार बिहान ९ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी चय गर्ने विषयमा छलफल भएको थियो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पदाधिकारी टुङ्ग्याउनेसम्बन्धमा विस्तृत एवम् गम्भीर छलफल भएको जानकारी दिनुभयो । साथै यस विषयमा भोलि (शनिबार) फेरि बस्ने बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।


उहाँले भन्नुभयो, “आज स्थायी कमिटी बैठक बस्यो । पदाधिकारी र स्थायी कमिटीलगायतका विषयमा छलफल भएको छ । आज अध्यक्षको कार्य व्यस्तता र वाइसिएलको केन्द्रीय अधिवेशन पनि छ ।”

प्रवक्ता महराका अनुसार पदाधिकारी टुङ्गो लगाउने विषयमा अब छलफल गर्नुपर्ने कुरा बाँकी नरहेको र भोलि दिउँसो १ बजे बस्ने बैठकले यसलाई अन्तिम रुप दिनेछ ।