• १५ चैत २०८०, बिहिबार

वन कार्यालयले पक्राउ गरेका पुरुषको मृत्यु

blog

लेकबेशी नगरपालिका– १० का ५८ वर्षीय धनिराम लामिछानेको वन कार्यालयकै हिरासतमा मृत्यु पछि छानविनको माग गर्दे विरोधमा आफन्तहरु । तस्विरः गोरखापत्र

सुर्खेत, भदौ ३ गते । डिभिजन वन कार्यालय सुर्खेतले वन मद्दामा पक्राउ गरेका एक पुरुषको बिहीबार मृत्यु भएको छ । लेकबेशी नगरपालिका –१० का ५८ वर्षीय धनिराम लामिछानेको कार्यालयको थुनुवाकक्षमै मृत्यु भएको हो । 

मृत्यु पछि आफन्तहरु आन्दोलिन बनेका छन् । मदन भण्डारी राजमार्गमा टाँचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले लामिछाने र उहाँको श्रीमतिलाई पक्राउ गरेको र कुटपिटबाट उहाँको मृत्यु भएको परिवारको आरोप छ । घर बनाउँनका लागि सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेको भाई रामप्रसाद लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाईलाई वनका चार जना कर्मचारीले, लतार्दै, पिट्दै ल्याएको र भाउजुलाई छाडेर दाजुलाई थुनेको थियो र दाईको वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्ने बाहना बनाएको भाईको आरोप छ । 

यस्तै, आफन्तहरुले बिहीबार बेलुका डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत अगाडी विरोध जनाएका छन् । डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको दाबी गर्नु भयो । 

Author

नविन सुवेदी