• १३ वैशाख २०८१, बिहिबार

माओवादीको स्थायी समिति बैठक शुक्रबारसम्मका लागि स्थगित

blog

फाइल तस्बिर

काठमाडौं, भदौ २ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को बिहीबार दिउँसो ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले प्रतिनिधिसभा संसद बैठकमा नेता जानु भएकोले बिहीबारको बैठक स्थगित भएको जानकारी दिनुभयो।

स्थायी समिति, पदाधिकारी र पोलिट्ब्यूरो समिति टुंग्याउने बारेमा माओवादी केन्द्रको स्थायी समितिको बैठक निरन्तर बस्दै आएको छ। बिहीबार बिहान ८ बजे बस्ने भनिएको बैठक दिउँसो सारिएको थियो।

उपाध्यायले भन्नुभयो, “पोलिट्ब्यूरो, स्थायी समिति सदस्य र पदाधिकारीको नाम अहिलेसम्म टुंगिएको छैन। सञ्चार माध्यममा कतिपय नामहरु अनुमानका भरमा पनि आएका छन्।” अब बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको नाम घोषणा गर्नुहुने उहाँको भनाइ छ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो। त्यसयता, पदाधिकारी चयन गर्न पटक–पटक बैठक बसे पनि यो टुंगिन सकेको छैन। यद्दपि, अबको बैठकले यसलाई अन्तिम रुप दिने दाबी नेताहरुले गर्नुभएको छ।