• ६ चैत २०८०, मङ्गलबार

मुस्ताङमा पहिलो पटक शल्यकृया सेवा सुरु

blog

म्याग्दी, भदौ २ गते । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु भएको छ । अस्पताल स्थापनाको करिव ५० वर्ष पछि पहिलो पटक यो सेवा सुरु भएको हो । 

मुस्ताङमा स्वास्थ्य क्षेत्रमा भएको पहिलो सल्यक्रिया(अप्रेसन)बाट थासाङ गाउँपालिका –३ का मनिस परियारकी पत्नी अनिता परियारको बच्चा जन्माइएको हो । वि.सं. २०२९ सालमा स्थापना भएको २५ शैयाको अस्पतालमा हालसम्म यो सेवा सुरु हुन सकेको थिएन । 

मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर बिशाल तिवारीका अनुसार बुधबार बिहान अनिता परियारको शल्यक्रिया गरेर २ किलो ८ सय ग्रामको बालिका निकालीएको हो । शल्यक्रियाका लागि अस्पतालका एमडीजीपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी, डा. राजिव सापकोटा, स्टाप नर्स सुनिता श्रीमल, निता घर्ती र सहयोगी सनिलाल परियारको टोली खटिएको अस्पतालले जनाएको छ ।


छ महिना अगाडी निमित्त मेडिकल सुपरिटेण्डेण्टका रुपमा मुस्ताङ आउनुभएका तिवारीले भन्नुभयो–संघिय सरकार तथा प्रदेशबाट आवश्यक बजेट तथा सामग्री ल्याएर शल्यक्रियाका लागि आवश्यक सामग्रीहरु जडान गरिएको हो । अहिले सम्म सामान्य सर्जिकलका लागि पनि बाहिर जान पर्ने अवस्था थियो अव यो सेवाले जिल्लाबासीका लागि सहज हुने भएको छ । अस्पतालबाट हाडजोर्नी, एपेण्डिसाइट, हाइड्रोसिल तथा अन्य चिरफारको काम पनि जोमसोममै हुने डा.तिवारीले बताउनुभयो । 

जिल्ला अस्पताल सल्यक्रियाको सुविधा नहुँदा प्रसूति लगायतका अन्य सल्यक्रिाको सुविधा लिन महँगो खर्च गरेर पोखरा–काठमाडौं लैजानु्पर्ने बाध्यता थियो ।

Author

अमृतप्रसाद पौडेल