भारतीय महावाणिज्य दूतावासद्वारा एम्बुलेन्स र बस प्रदान

वीरगन्ज (पर्सा), माघ १२ गते । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ६६औँ गणतन्त्र दिवसको अवसरमा दुई नेपाली सामाजिक संस्थालाई एम्बुलेन्स र एउटा संस्थालाई बस प्रदान गरेको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी महावाणिज्य दूत अञ्जु रञ्जनले बस तथा एम्बुलेन्सको साँचो ती संस्थालाई हस्तान्तरण गर्नुभएको हो ।

एम्बुलेन्स पाउने संस्थामा नेपाल शिक्षक सङ्घ, धनुषा र ग्रामीण अनुसन्धान र विकास संस्था, हरिपुर्वा, सर्लाही रहेका छन् । उम्मे कुल्सम बालिका उच्चमावि, पर्सालाई स्कुल बस प्रदान गरिएको हो ।

भारत(नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका सबै जिल्लामा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाहरु कार्यान्वयन भइआएका छन् । कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ४८५ परियोजनाको लागत नेरु ६५ अर्बको छ ।

स्थानीय जनताका आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा यस्ता परियोजनाहरु सञ्चालन भइरहेको महावाणिज्य दूत रञ्जनले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना