• ६ चैत २०८०, मङ्गलबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पिके डाँडा (लुकेको हीरा भनेर पनि चिनिने) कुन जिल्लामा रहेको छ ?

सोलुखुम्बु

२. नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा पुनः निर्वाचित कहिले भएको हो ?

सन् २०२० अक्टोबर १३

नेपाल सन् २०२१–२०२३ सम्म सो पदमा रही कार्य गर्ने।

नेपाल यसअघि सन् २०१८– २०२० सम्मको कार्यकालका लागि पनि निर्वाचित भई भूमिका निर्वाह गरिसकेको।

प्रधान कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको।

यस परिषद्मा निम्नानुसार ४७ सदस्य रहने :

एसिया प्रशान्त क्षेत्रबाट : १३

अफ्रिकाबाट : १३

पूर्वी युरोपबाट : ६

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट : ८

पश्चिम युरोप र अन्यबाट : ७

३. संयुक्त राष्ट्रसङ्घीय महासभाले कुन वर्षलाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा घोषणा गरेको हो ?

सन् २०२३

४. यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

सन् २०१६–२०२५

५. संयुक्त राष्ट्रसङ्घमा हालसम्म सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

रुस (१२० पटक, सन् २०२२ फेब्रुअरीसम्म)

६. राष्ट्रसङ्घीय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट कहिले हटाएको हो ?

सन् २०२२ अप्रिल ७

७. हाल नेपाल सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका राष्ट्र कति रहेका छन् ?

१११

वैदेशिक रोजगारीका लागि खुला गरिएको १११औँ राष्ट्र सर्बिया हो।

यससम्बन्धी निर्णय वि.सं. २०७९ वैशाख १२ अर्थात् सन् २०२२ अप्रिल १२ मा भएको। 

वैदेशिक रोजगारीका लागि खुला गरिएको ११०औँ राष्ट्र उज्वेकिस्तान हो।

८. चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई कहिले हस्तान्तरण गरेको हो ?

वि.सं. २०७८ चैत १२

९. अन्तरिक्षमा हिँड्ने पहिलो चिनियाँ महिला को हुन् ?

वाङ यापिङ

१०. नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खस्यो ?

८४१ दिन

११. कतार विश्वकप फुटबलको अफिसियल बल कहिले सार्वजनिक गरिएको हो ?

सन् २०२२ मार्च ३०

एडिडास कम्पनीद्वारा निर्माण गरिएको यस बलको नाम ‘अल रिहला’ रहेको।

‘अल रिहला’को अर्थ ‘दी जर्नी’ रहेको।

१२. सरकारले स्थानीय तहलाई कति वर्गमा वर्गीकरण गरेको छ ?

चार

‘क’ वर्ग (अति दुर्गम) ः १६२

‘ख’ वर्ग (दुर्गम) ः २१८ 

‘ग’ वर्ग (मध्यम) ः २७५

‘घ’ वर्ग (सुगम) ः ९८

जम्मा ः ७५३

१३. नेपालमा पहिलो पटक DNA  परीक्षण कुन वनस्पतिको गरिएको थियो ?

चिराइतो

१४. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कुन देशमा राख्ने निर्णय भएको हो ?

नेपाल

१६. नेपाल सरकारद्वारा दिगो पर्वतीय वर्षका रूपमा मनाउन घोषित वर्ष कुन हो ?

सन् २०२२

१७. सन् २०२३ जनवरी १ देखि युरोपेली मुद्रा प्रचलनमा सबै मापदण्ड एवं प्रक्रिया पूरा गरेको राष्ट्र कुन हो ?

क्रोएसिया (२०औँ राष्ट्र)


१८. इम्यानुएल म्याक्रो पुनः फ्रान्सको राष्ट्रपतिमा कहिले निर्वाचित भएका हुन् ?

सन् २०२२ अप्रिल २४

उनले ५८.५५ प्रतिशत मत प्राप्त गरी सो पदमा 

निर्वाचित भएका।

उनका मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनले ४१.४५ प्रतिशत मत प्राप्त गरेका। 


२०. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइयो ?

वि.सं. २०७८ जेठ १०

परराष्ट्रलाई सेवालाई कानुनी रूप दिई व्यवस्थित गर्ने उद्देश्यका साथ ‘नेपाल वैदेशिक सेवा’ (गठन र श्रेणी विभाजन) नियमहरू २०७८ राजपत्रमा प्रकाशित भएको दिन २०७८ जेठ १० गतेको स्मरणमा यो दिवस 

मनाउन थालिएको ।


२१. संयुक्त सङ्घीय शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने राष्ट्रहरूमा नेपाल कुन स्थानमा रहेको छ ?

दोस्रो

२०७८ साउनमा प्रकाशित तथ्याङ्कअनुसार शान्ति मिसनमा नेपालबाट पाँच हजार ५७१ सुरक्षाकर्मी 

संलग्न रहेका। 

सो मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने राष्ट्र 

बङ्गलादेश (६५५४) रहेको।

सो तथ्याङ्कअनुसार शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने राष्ट्र १२१ रहेका।


२२. मदन पुरस्कार २०७८ का लागि छनोट भएका आठ कृति कुन कुन हुन् ?

अग्नि (नवराज लम्साल), गृष्मको नीलो बतास (दामोदर पुडासैनी, ‘किशोर’), महाभारा (वसन्त बस्नेत), यादको सन्दुक (दीपा मेवाहाङ राई), लिच्छवि लिपि (नयनाथ पौडेल), व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश (नीलमणि ढुङ्गाना), सती इतिहास र मीमांसा (सुजित मैनाली) र हिति प्रणाली (पद्मसुन्दर जोशी)

मदन पुरस्कार स्थापनाको घोषणा ः वि.सं. २०१२ 

असोज १०

पहिलो पटक प्रदान गरिएको ः वि.सं. २०१३

पहिलो पटक मदन पुरस्कार प्राप्त गर्न सफल कृति तथा स्रष्टाहरू ः


२३. पहिलो पटक लङ्ग्या हेनिपा भाइरस कहाँ पत्ता लागेको हो ?

चीन 

पहिलो पटक चीनको उत्तर–पूर्वी प्रान्त सान्डोङ र हेनानमा पत्ता लागेको तर सन् २०२२ अगस्टमा मात्रै वैज्ञानिकले औपचारिक रूपमा पहिचानको पुष्टि गरेका। 

यो भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने वैज्ञानिकको प्रारम्भिक अध्ययनले देखाएको।

हाल देखिएको लङ्ग्या भाइरस दक्षिण चीनमा देखिइरहेको मोज्याङ भाइरससँगसमेत सम्बन्धित रहेको।

लक्षण ः ज्वरो, थकान, खोकी, भोक नलाग्ने तथा 

मांशपेसी दुख्ने।

प्रत्येक वर्ष उच्च सङ्क्रामक मानिएको भाइरस उत्परिवर्तन भई सङ्क्रमण पैmलिनुका कारण तीव्र जलवायु परिवर्तन रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका।


२४. काठमाडौँमा पुनः नो हर्न अभियान कहिलेदेखि सुरु गरिएको हो ?

वि.सं. २०७९ साउन २३

महानगरका प्रमुख बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक मीरा चौधरीद्वारा एकअर्काको सवारीसाधनमा नो हर्न लेखिएको स्टिकर टाँसेर अभियान सुरु गरिएको ।

सवारी दुर्घटना हुने अवस्थामा वा सडकको एक भागबाट अर्को भाग नदेखिने मोडमा चालकले छोटो हर्न बजाउन सक्ने तर अन्य सामान्य अवस्थामा कसैले हर्न बजाए एक पटकमा पाँच सय रुपियाँसम्म जरिवाना हुने 

व्यवस्था गरिएको। 

एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शववाहन, दमकलका लागि भने यो नियम लागू हुँदैन।

२०७४ साल वैशाख १ गते पहिलो पटक यो अभियान थालिएको थियो। अभियान सुरुवातमा प्रभावकारी देखिए पनि बिस्तारै सवारी चालकले नो हर्न अभियानको बेवस्ता गर्न थालेपछि यसलाई पुनः थालिएको हो ।


२५. जैविक विविधता शब्द प्रयोग गर्ने पहिलो वैज्ञानिक को हुन् ?

एडवार्ड ओसुव्युर्न विल्सन (ई.ओ. विल्सन)

यिनको जन्म सन् १९२९ जुन १० मा अमेरिकामा भएको।

यिनलाई जैविक विविधताका पिता, एन्ट म्यान, आधुनिक युगका पिता उपनामले पनि चिनिने।

उनले सन् १९७९ मा ‘ह्युमन नेचर’ र १९९१ मा ‘द एन्ट्स’ कृतिका लागि पुलित्जर पुरस्कार प्राप्त गरेका।

यिनको निधन सन् २०२१ डिसेम्बर २६ मा भएको।


२६. फेवाताल र यसको वरिपरिको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा कहिले गरिएको हो ?

वि.सं. २०७८ माघ २४

यसको प्राकृतिक संरचना एवं सुन्दरतालाई संरक्षण गर्ने उद्देश्यले संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको ।

पानीको स्वच्छता एवं दिगोपनालाई ध्यान दिई सो निर्णय गरिएको ।


२७. बिट क्वाइनलाई वैधता दिने पहिलो राष्ट्र कुन हो ?

एलसल्भाडोर


२८. सरकारले कति स्थानीय तहलाई पिछडिएको क्षेत्रमा सूचीकृत (२०७४ मा) गरेको छ ?

५७

पिछडिएको क्षेत्रमा सूचीकृत प्रदेशगत स्थानीय तह

प्रदेश १ ः २

मधेश प्रदेश ः ४ 

बागमती प्रदेश ः २

गण्डकी प्रदेश ः १

लुम्बिनी प्रदेश ः २

कर्णाली प्रदेश ः २९

सुदूरपश्चिम ः १७

जम्मा ः ५७

सो सूचीअनुसार पिछडिएको क्षेत्रमा सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशका स्थानीय तह रहेका।


२९. सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?

तिलोत्तमा न.पा. (रुपन्देही)


३०. आईएसओ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो नगरपालिका कुन हो ?

तिलोत्तमा न.पा. (रुपन्देही)

यस नगरपालिकाले वि.सं. २०७८ चैत ९ मा आईएसओ ९००१–२०१५ गुणस्तर चिह्न प्राप्त गरेको।


प्रस्तुतकर्ता : टंक के.सी.