शैलेश्वरी मन्दिरमा कोटीहवन महायज्ञ


डिलबहादुर सिंह, डोटी, माघ १२ गते । डोटीको सिलगढी स्थित शैलेश्वरी मन्दिरमा कोटीहवन महायज्ञ (कुम्भमेला)को प्रारभ्भ भएको छ । सुदुरपश्चिमकै प्रसिद्ध धार्मिक ऐततिहासिक तथा पर्यटकिय तिर्थ स्थल शैलेश्वरी मन्दिरमा प्रत्येक १२ बर्षमा आयोजना गरिने कोटीहवन महायज्ञमा सुदुरपश्चिमका बिभिन्न जिल्लाका साथै देशका बिभिन्न भाग र छिमेकी मुलुक भारतको उत्तराखण्ड र उत्तर प्रदेश क्षेत्रका दर्शनार्थी समेत आउने बताईएको छ ।
डोटीको सदरमुकाम सिलगढीमा कलश यात्रा, रथ यात्रा तथा बिभिन्न झाकी पश्चात् आरम्भ गरिएको महायज्ञमा १ सय आठ ब्राम्हण द्धारा हवन  भईरहेको छ ।
महायज्ञ माघ ११ गते देखि २० गते सम्म चल्ने छ । महायज्ञलाई लक्षित गर्दै सदरमुकाम सिलगढी दुलही झै सिंगारिएको छ । राजमार्गवाट सदरमुकाम सिलगढी प्रबेश हुने मुल स्थान जिरो प्वाईन्ट लगायत बजारका बिभिन्न भाग ३० भन्दा बढी स्वागतद्धार निर्माण गरिएका छन, बजार क्षेत्रका सबै जसो घरमा नया रंग रोगन तथा ध्वजा पताका लगाईएको छ ।
सुदुरपश्चिमकै पुरानो तथा ऐतिहासिक क्षेत्रका रुपमा रहेको सिलगढी बजारमा अवस्थित शैलेश्वरी मंदिरमा पछिल्लो पटक आयोजना हुने कोटीहवन महायज्ञ (कुम्भमेलामा) एक करोड होम गरिने बताईएको छ ।
महायज्ञ अवधिभरका लागी सदरमुकाम तथा आसपासका क्षेत्रमा मदिरा तथा मासु जन्य पदार्थको बिक्रि बितरणमा पुर्ण रुपमा रोक लगाईएको छ ।
शैलेश्वरी कोटीहवन मुल आयोजक समितीका संयोजक प्रेमशंकर भट्टका अनुसार कोटीहवन महायज्ञमा जिल्ला बाहिरवाट आउने दर्शनार्थीहरुको लागी निशुल्क बास र खानाको ब्यबस्था गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना