राष्ट्रपति डा. यादवद्धारा वसन्त श्रवण

 

काठमाडौँ माघ ११ गते । राष्ट्रपति डा. रामवरण यादव श्रीपञ्चमीका अवसरमा आइतवार विहान हनुमानढोका दरवारस्थित नासलचोक आउनु भइ परम्परा बमोजिम बसन्त श्रवण गर्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति परमानन्द झा , प्रधानमन्त्री सुशील कोइराला , प्रधानन्यायधीस रामकुमारप्रसाद साह, संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ उप–प्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र बामदेव गौतम मन्त्रीगण , सम्वैधानिक निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती तथा फौजी अधिकारीहरुको समारोहमा उपस्थिति थियो ।

राष्ट्रपति डा. यादवलाइ सरकारवाट खटाइएका पण्डित बिष्णुप्रसाद पोखरेलले बसन्त श्रवण तथा सरस्वतीको घडाको जल तथा टीका प्रसाद लगाइदिनु भएको थियो । सोही अवसरमा उपस्थित अन्य महानुभावलेपनि बसन्त श्रवण गरी टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो ।

परम्परा अनुसार नासलचोकमा बरिष्ठ तवला वादक सरिता मिश्रको टोलीले बसन्त राग प्रस्तुत गर्नुभएको थियो । आगन्तुक महानुभावलाइ हनुमानढोका दरवार हेरचाह अड्डाकी प्रमुख सरस्वती सिंहले नासलचोक डवलीमा स्वागत तथा विदाइ गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना