• ६ चैत २०८०, मङ्गलबार

साउनको अन्तिम सोमबार पशुपतिमा भीड [फोटो फिचर]

blog

साउनको अन्तिम सोमबार पशुपतिमा पूजा गर्दे भक्तजन । तस्बिर: केशब गुरुङ

काठमाडौं, साउन ३० गते । साउन महिनाको अन्तिम सोमबारका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पाँच वटा सोमबारमध्ये यो साउनको अन्तिम सोमबार हो । आज बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भीड बढेकाले भक्तजनका लागि सहजरूपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।






Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।