• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा ४० खेलाडी

blog

काठमाडौं, साउन २९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको तयारीका लागि प्रारम्भिक सुचीमा ४० जना खेलाडीलाई बोलाएको छ । एन्फाले हालै नियुक्त गरेको कार्यवाहक प्रशिक्षक प्रदीप हुमगाईंले यसअघि टोलीबाट विद्रोह गरेका १० जना पूराना खेलाडीसहित ४० जनालाई प्रारम्भिक चरणको तयारीमा बेलाउनु भएको हो ।

एन्फाले असोजमा बंगलादेशसँग खेल्न लागेको मैत्रीपूर्ण खेलको तयारीका लागि खेलाडीलाई बोलाएको हो । नेपालले बंगलादेशसँग असोज ११ गते मैत्रीपूर्ण फुटबल खेल्दैछ । एन्फाले दुई दिनअघि मात्र हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नियमित प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी विदामा रहेका कारण एन्फाले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनाएको हो । प्रारम्भिक टोलीमा यसअघि अल्मुताईरीले टोलीबाट हटाईनु भएका कप्तान किरण चेम्जोङ सहित पूराना खेलाडी अटाउनु भएको छ । 

प्रारम्भिक टोलीमा पर्न सफल खेलाडी 

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ र राजन गुरुङ

मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अन्जन विष्ट

स्ट्राइकर : विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल र भरत खवास ।