• ६ चैत २०८०, मङ्गलबार

सिजनको पहिलो खेलमा बार्सिलोनाको बराबरी

blog

बल अगाडि बढाउँदै बार्सिलोनाका रोबर्ट लेवान्डोस्की । तस्बिर : एएफपी

काठमाडौं, साउन २९ गते । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलबा बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग गोलरहित बराबरी रोकिएको हो । बल पोसेसनमा पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन ।

खेलको अन्तिममा सर्जियो बस्क्वेट्स दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा खेल सकेको थियो । सिजनको पहिलो बराबरीसँगै बार्सिलोनाले एक अंक जोडेको छ ।

रायो भालेकानोले पनि बराबरी खेल्दै सिजनको सुरुवात गरेको छ । अर्को खेलमा भिल्लरियलले रियल भालाडोलिडलाई ३-० गोलले हराएको छ । सेल्टा भिगो र स्पान्योलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी