धमाधम गाँजा नष्ट गरिदै

भोटराज राई उदयपुर, मङ्सिर ८ गते । उदयपुरमा जिल्लामा रहेका गाँजा फडानी कार्यलाई एक साताअघिदेखि तिब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी/कर्मचारीले स्थलगतरुपमै गएर अबैध गाँजाखेती नष्ट गरिरहेको जिल्ला प्रहरी प्रमूख प्रहरी उपरिक्षक टेकबहादुर गुरुङले बताउनुभयो ।
गत २ गतेदेखि थालिएको गाँजा फँडानी अभियान जिल्लाको पश्चिम पहाडी गाविसहरु ठानागाउँ, इनामे, लेखगाउँ र रुपाटारमा जारी रहेको एसपी गुरुङले बताउनुभयो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक गणेशमान श्रेष्ठको नेतृत्वमा गएको ३० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी त्रियुगा गुल्मका १७ जना सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नष्ट कार्य गरिरहेको उहाँले बताउनुभयो ।
एसपी गुरुङका अनुसार टोलीले ठानागाउँको ३, ४, ५ र ८ मा लगाईएको गाँजा नष्ट गरिसकेको छ । त्यस्तै लेखगाउँको वडा नं. ९ र रुपाटार गाविसको १, २, ३ र ७ वडामा लगाईएको गाँजा पनि नष्ट गरिसकिएको छ । पाँचदिनको अवधिभित्रै करिब ६ सय ७८ रोपनी जग्गामा लगाईएको अवैध गाँजा नष्ट गरिएको जनाईएको छ ।
विभिन्न गाविसमा लगाईएको गाँजा फँडानी अभियान अन्तर्गत एक दर्जन गाविसमा टोली परिचालन गरिने प्रहरीले जनाएको छ । पश्चिमी पहाडी गाविसहरु रुपाटार, ठानागाउँ, इनामे, लेखागाउँ, बराहा, ओख्ले र तावाश्री लगायतका गाविसमा अत्याधिक गाँजाखेती गरिएकोले फडाँनी अभियान चलाईएको प्रशासनले जनाएको छ ।
तत्कालिन प्रमूख जिल्ला अधिकारी बीरबहादुर राईको नेतृत्वको प्रशासनले प्रभावकारीरुपले ०६८ सालदेखि गाँजाखेती नष्ट गर्न थालेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना