पूजा गर्न लगेको आगोले नै बालकको ज्यान लियो

दोलखा, फागुन २७ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ पिप्लेका एक बालकको पूजा गरेर फालेको आगो सल्कँदा बुधवार ज्यान गएको छ ।

घर नजिकैको जङ्गलमा जङ्गली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको ज्यान गएको हो ।

आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जङ्गलमा आगलागी भई निभाउन जाने क्रममा सोही स्थानमा बस्ने नारायण खत्रीको छोरा मनिष गम्भीर घाइते भएका थिए ।

घाइते भएका मनिषलाई उपचारका लागि काठमाडौँ लाने क्रममा बुधवार दिउँसो बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना