अस्थिरता र अराजकता अस्वीकार्य ः उपप्रम थापा

 


बनेपा, फागुन २५ गते। उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारको स्थायित्ववारे शङ्का गर्न आवश्यक नभएको बताउनुभएको छ ।

जिविस काभ्रेपलाञ्चोकको २४औँ परिषद्बाट स्वीकृत बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सरकारलाई अस्थिर तुल्याउने काम कोहीबाट पनि हुन नहुनेमा जोड दिनुभयो ।

विगतमा सत्ताकेन्द्रित फोहरी खेल खेल्दा मुलुक अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारका लागि अस्थिरता र अराजकता स्वीकार्य हुन सक्दैन भन्नुभयो ।

नयाँ संविधानले अन्तरिम कालका लागि स्थानीय निकायको चुनाव गराउनुपर्ने व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो, “स्थानीय निकायको पुनःसंरचनाका लागि नयाँ संविधानले आयोग गठनको व्यवस्था गरेकाले त्यस्तो आयोग चैत २ गतेभित्र गठन हुने छ ।”

स्थानीय विकास अधिकारी टेकराज निरौलाले आव २०७३÷०७४ का लागि रु चार अर्ब ९७ करोड ५३ लाख १४ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कार्यक्रममा सांसद्द्वय रामहरि सुवेदी, विदुर सापकोटा, एमाओवादी, काभ्रेपलाञ्चोकका नेता इन्द्रबहादुर थिङ लगायतले बजेट तथा कार्यक्रमले जिल्लाको दुर्गम क्षेत्रको विकास र राष्ट्रिय गौरवका आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस ०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना