मधेसमा आन्दोलनको तयारी हुँदै ः अध्यक्ष भण्डारी

Sharat Singh Bhandariगौशाला, फागुन २५ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत्सिंह भण्डारीले मधेसमा निर्णायक आन्दोलनको तयारी भइरहेको बताउनुभएको छ । गृह जिल्ला महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार पत्रकार सम्मेलन गर्नुहुँदै अध्यक्ष भण्डारीले राज्य मधेस र मधेसीको मुद्दा सम्बोधन गर्न गम्भीर नभएको तथा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले देशमा संविधान कार्यान्वयन नहुने सम्भावना बढ्दै गएकाले अब मधेसमा चर्को आन्दोलन हुने बताउनुभयो ।

उहाँले एमाले तथा प्रधानमन्त्री केपी ओलीले मधेसीलगायत आन्दोलनरत पक्षको माग सम्बोधन गर्न अटेर गर्दै गएकाले अब देशमा शान्तिको सम्भावना कम भएको भन्नुहुँदै मधेसमा आन्दोलनरत पक्षले अन्तिम तथा निर्णायक आन्दोलनमा जुटिसकेको बताउनुभयो ।

नेता भण्डारीले अबको आन्दोलन तराई मधेसमा नभएर काठमाडौँमा हुने पनि बताउनुभयो ।

नेता भण्डारीले पछिल्लो समयमा प्रधान सेनापतिले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुहुँदै सेनाको काम देशको सीमा सुरक्षा, भौगोलिक अखण्डता कायम राख्नु र वैदेशिक आक्रमणकारीसित भिड्नु रहेको बताउनुभयो ।

सत्ता समीकरणमा जाने भनी पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफ दिनुहुँदै नेता भण्डारीले जबसम्म सरकारले मधेसको मुद्दा सम्बोधन गर्दैन, तबसम्म आन्दोलनरत कुनै पनि मधेसवादी दलले सत्ता समीकरणमा सहभागिता नजनाउने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना