एमाले स्थायी कमिटीः प्रमको भारत भ्रमण सफल

 काठमााडौँ, फागुन २३ गते। नेकपा९एमाले०को आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको जनाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीबारे पनि छलफल गरेको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बैठक सोमबार अपराह्न पुनः बस्ने छ ।

सरकारको कामकारबाही र संविधान कार्यान्वयनका लागि एमालेले चलाएको तीनमहिने अभियानको समीक्षा, पार्टी विभागहरुको पूर्णता र सल्लाहकार समितिको मनोनयन तथा पोलिटब्युरो र केन्द्रीय समितिको बैठक तोक्ने विषय बैठकको कार्यसूचीमा रहेको बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना