• ६ चैत २०८०, मङ्गलबार

माकुरा पनि मान्छेझैँ निदाउँछन् !

blog

न्युयोर्क, साउन २६ गते । यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिकलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उहाँका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानव जस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।

भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उहाँको टोली पुगेको छ । त्यसलाई मानवको निद्रा जस्तै भएको उहाँहरुले बताउनुभएको छ । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उहाँहरूको निचोड छ ।

अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरेन गरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीववैज्ञानिक रोस्लरले बताउनुभएको छ । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।

प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेला परेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउनुहुन्छ । कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उहाँको ठहर छ ।

माकुराको निद्राको चक्र अन्य जीवसँग तुलना गर्न कठिन हुने उहाँको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीववैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् । रासस/एपी