महाशिवरात्री ः व्यापकता र वैशिष्ठ्य

Dirgh raj prasaiदीर्घराज प्रसाई


महाशिवरात्री हिन्दुहरूको महìवपूर्ण दिन हो । शिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा असङ्ख्यौं साधु, सन्त, तपस्वीलगायत हजारौँं तीर्थयात्रीहरूको उपस्थिति रहन्छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गर्छौं । सभ्यताको विकासक्रममाम संसारभरका देशमा हिन्दुधर्म र संस्कृतिको गहिरो प्रभाव पारेको पाइन्छ । संस्कृति एवं सभ्यतामा शिवलिङ्ग पूजा पनि त्यसैको प्रतिविम्ब हो । महेन्जोदारो र हरप्पा तथा सिंधुघाँटीको सभ्यतामा भएको पुरातात्विक उत्खनन्मा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वव्यापी भएको पुष्टि हुन्छ । शिवलिङ्ग बारेमा शिवपुराणमा विस्तृत व्याख्या छ । शिवपुराणमा शिवजीबारे उल्लेख छ– ‘शिवलिङ्ग समसद्भूतः कोटीसूर्यसम प्रभुः।’ ‘देव देवज महादेव ! नीलकण्ठ नमोस्तुते !’ कालरात्री, मोहरात्री र महारात्री यी तीन रात्रीको हिन्दु जगतमा विशेष महìव छ । यी रात्रीमध्ये महारात्री नैं महाशिवरात्री हो । ‘सत्यं शिवं, सुन्दरम् । ’ शिव भनेको कल्याण हो । पशुपतिनाथबारेमा पौराणिक इतिहासमा उल्लेख छ– प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको थियो । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौंँ उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो ।
पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ । अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । पशुपतिनाथका तीन नेत्र हुन्छन्, तीनलाई ज्ञानचक्षु मानिन्छ । पशुपतिनाथका पाँच मुखमध्ये पूर्व तत्पुरुष, उत्तर वामदेव, दक्षिण अघोर, पश्चिम सद्योजात र आकाशतर्फ फर्केको मुखको नाम इशान हो । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिला राजा ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ को रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवतखण्डमा उल्लेख छ । लिच्छवि राजामध्ये मानदेव प्रथमले संवत् ३८९मा पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्तिमूर्ति स्थापना गरेको लिच्छविकालीन अभिलेखमा पाइन्छ । विक्रम संवत् १७१४ भन्दा अगाडि सन्यासीहरू पशुपतिनाथका पुजारी थिए । त्यसपछि यहीकै राजोपाध्यायहरूबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । पछि सोम शेखनानन् नामका एक स्वामीलाई यक्षमल्लका छोरा रत्नमल्लले पशुपतिनाथका पुजारी नियुक्त गरे । यिनको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीलाई पशुपतिको भण्डारे बनाइए ।
प्रतापमल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा ल्याइएका र पछि तिनै तान्त्रिक भट्टहरू पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूलभट्टसहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरू छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरूलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भण्डारीहरू गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरू भित्र प्रवेश गर्छन् । पशुपतिनाथलाई स्वर्णमय बनाउने राजा भास्कर मल्ल थिए । पशुपतिनाथलाई राष्ट्रिय देवताको मान्यता दिने अंशुवर्मा हुन् । पशुपतिनाथलाई महास्नान गराउने परम्परा अभय मल्लको पालादेखि चलेको हो । पञ्चामृतले नुहाउने चलन पृथ्वीनारायण शाहले चलाएका हुन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारकहरू छन् । पशुपतिनाथमैं विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्– ‘विन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राह्मण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुनसक्छन् । मन्दिरको पुजारी कृष्ण यजुर्वदीय परम्पराका हुन्छन् । यजुर्वेदीय परम्पराका नेपाली विद्वान् पशुपतिनाथको पूजा गर्न योग्य व्यक्तिहरू अहिले उपलब्ध छन् जस्तो लाग्दैन । मन्दिरमा राजनीति घुस्यो भने धार्मिक आस्था र विश्वास घट्दै जान्छ । पशुपति मन्दिरमा चढ्ने भेटीलगायतको सुव्यवस्थापनको खाँचो छ । ’
विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कमजोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरूमा कोलाहल मच्चियो । यस्तो विकराल अवस्थाबाट यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खस राजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे । तीसहजार चारसय मारिए र ६ सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ । –(योगी नरहरिनाथ) त्यसपछि जयस्थिति मल्ल काठमाडाँैं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णेद्वार र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धबाहेक अरूहरूको प्रवेश निषेध गर्ने नियम चलाएका थिए । यद्यपि कतिले पशुपतिमा अन्य धर्मावलम्बीहरूलाई रोक लगाएकोमा असन्तुष्टि व्यक्त गरेको पनि पाइएको छ तर यो परम्परागत मान्यता बनिसकेकाले अध्यावधि प्रचलनमा छ । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानुनभन्दा माथि राखिएको हुन्छ ।
भारतमा चार धाम प्रसिद्ध छन् भने नेपालमा पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइकुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम प्रसिद्ध छन् । भारतमा तीरूपति, अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, कासी, विन्दावासिनी, कामाक्ष–कामरूप, आदि पवित्र स्थलमा नेपाल र भारतबीचमा त्यत्तिकै तादात्म्यता छ । हिमवतखण्ड पुस्तकको ७१ अध्यायको श्लोक १६ मा उल्लेख छ– मार्कण्डेय, अशोस्थामा, वली, व्यास, हनुमान, कृप, प्रशुराम र विभूषणले यही पशुपतिनाथमा तपस्या गरेर चिरञ्जीवी भएका हुन् । पशुपत क्षेत्रको महìव बुझेर मरिची, अङ्गिरा, पुलह, भृगु र अत्री जस्ता ऋषिहरू र प्रह्लादजस्ता भक्त यहीँ रहेर अष्टमूर्ति महेशको पूजा गर्छन्’ भनेर उल्लेख छ ।
विश्वभरका हिन्दुका लागि बाग्मती किनारमा अवस्थित पशुपतिनाथ आकर्षणको केन्द्र बनेको छ । भारत र अन्य देशबाट लाखौंँ तीर्थयात्री तथा साधु–सन्त पशपतिनाथको दर्शनार्थ आएका हुन्छन् । संसारका विभिन्न देशका हिन्दु शिवरात्रीको उपलक्षमा संसारमा रहेका शिव मन्दिरमा पूजाआर्चना आराधना गर्दै जाग्रम बस्छन् । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास–मानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भूभाग हिमवतखण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको क्षेत्र भारतखण्ड हो । यी दुवै महाभूभागमा शिवरात्री पर्वलाई हेरक हिन्दु आत्मसाथ गर्ने गर्छन् । हिमवतखण्डका स–साना टुक्रामा विभाजित हिन्दु राज्य गोर्खाकाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत भई हिमवतखण्ड–नेपाल सुरक्षित छ । ‘भारतखण्डे उत्तरायणे हिमवतखण्डे पूण्यभूमि–स्वर्णभूमि’–
(वशिष्ट उपनिषद्) । यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदी, ताल, धाम, जङ्गल, भूभागले सिन्चित छ ।
विक्रम संवत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए– ‘पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहींंँ पूज्य बाशुकीनाग पनि हुनुहुन्छ । ’ राजामा प्रतापमल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेख पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा वंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाडौँं उपत्यका विजयपछि विक्रम संवत् १८२६ मा बसन्तपुर दरबारको अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्येकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्’–नयराज पन्त ।
यसैगरी शाहवंशीय राजामा रणबहादुर शाह र विक्रम संवत् १८६७ मङ्सिरमा राजा गीर्वाणयुद्ध विक्रम शाहबाट पुजारीको अलग अलग खान्की तोकिदिएका थिए । भने शाहवंशीय राजालगायत राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविकबमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजासम्बन्धी अनेकौँं लालमाहेहरू लागू हुँदै आएका छन् । सन् १९७९देखि युनेस्कोले पशुपतिनाथ गुह्येश्वरीलगायत लगभग चार हेक्टर जमिनलाई अत्यन्त संवेदनशील क्षेत्रमा राखेको छ । मानवकल्याणका लागि आफ्नो कण्ठमा विष राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठूलो महिमा छ । अठार पुराण सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । पशुपतिनाथका अनेकौँं जात्रामध्ये शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन् । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मागौरव मान्छन् भने नास्तिकहरू यसलाई परम्परागत अस्तित्व ठान्छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना