• ६ चैत २०८०, मङ्गलबार

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

blog

ओटावा, साउन २६ गते । क्यानडामा मङ्कीपक्सका बिरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायका अनुसार अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका बिरामी भएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिस कोलम्बियामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन् ।

मङ्कीपक्सका बिरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा