दश झोलुङ्गे पुल निर्माणका लागि विस्तृत सर्भे

कञ्चनपुर, फागुन २१ गते । जिल्ला विकास समिति कञ्चनपुरले दशवटा झोलुङ्गे पुल निर्माणका लागि विस्तृत सर्भेको कार्यलाई अगाडि बढाएको छ । गत आवदेखि क्रमागत भई इलाकास्तरीय गोष्ठीबाट छनोट भएर आएका झोलुङ्गे पुलका योजनालाई चालु आवदेखि विस्तृत सर्भेक्षण गरी निर्माणकार्य अगाडि बढाउने भएको हो ।

बेदकोट नगरपालिकाको बछेला खोला, घटाल मावि नजिकको खोला, चौधरी नदी, झलारी पिपलाडी नगरपालिकाको सनवोरा नदी, पुनर्वास नगरपालिकाको दोदा नदी, सुडाको कनकट्टी नदी, कृष्णपुरको नन्दीपुर खोला र बेदकोट नगरपालिकाको वसन्तथला खोलामा झोलुङ्गे पुल निर्माणका लागि सर्भेक्षणको कार्य अगाडि बढाइएको स्थानीय विकास अधिकारी मोहन पौडेलले बताउनुभयो ।

उहाँका अनुसार झोलुङ्गे पुल सर्भेक्षणका लागि रु ३४ लाख ९५ हजार ८८० बजेट विनियोजित गरिएको छ ।

चालु आवभित्रै पुल निर्माणको कार्य प्रारम्भ गरिने उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना