काँग्रेसको महाकुम्भ

nirmal acharyaनिर्मलकुमार आचार्य

काँगे्रसी महाकुम्भको रौनकै फरक छ । बिहीवार थालिएको १३ आँैं महाधिवेशनरूपी महाकुम्भले काँगे्रस पार्टीको भावी दशा र दिशा तय गर्नेछ । नेता, कार्यकर्ताको घुइँचो लागेको काठमाडौंँमा भावी नेतृŒवबारे जोड, घटाउ, गुणा र भागा लगाउने काम बेजोडले चलेको छ । विशुद्ध नेपाली काँगे्रसको महाकुम्भ भएको नाताले यसमा अधन्नी कार्यकर्तादेखि सोह्रन्नी नेतासम्मको डुबुल्की अस्वाभाविक होइन तर यसमा राष्ट्रकै चासो, चिन्ता तथा अन्तर्राष्ट्रिय समुदायको दृष्टि पनि रहेको छ ।
नेपालको पुरानो ऐतिहासिक पार्टी मात्रै होइन, अहिले पनि मुलुकको सबैभन्दा ठूलो पार्टी हुनुको गौरव यससित छ । एकसय चारवर्षे राणा शासनको अन्त्यका निम्ति जीउज्यान होमेर लागिपरेको पार्टी भएकै कारण यसले सुयश कमाएको हो । वि.सं.२०१५ को संसदीय निर्वाचनमा काँगे्रसलाई विजयी बनाएर जनताले उतिबेलै उचित मूल्याङ्कन गरेकै हुन् । वि.सं. २०४६ को जनान्दोलनमा वामपन्थी दललाई समेटी विजयपताका फहराउनुको श्रेय पनि काँगे्रसलाई छ । वि.सं. २०६२÷६३ को जनआन्दोलन पनि काँगे्रसकै अगुवाइमा सफल भएको नजान्ने कोही छैनन् । बन्दुकमा विश्वास गर्ने विद्रोही माओवादीलाई समेटी जनान्दोलन सफल बनाउनेमा मात्र होइन, त्यतिखेर कठिन मानिएको संविधानसभाको निर्वाचनसमेत गराएर यसले आफ्नो ज्येष्ठताको परिचय दिएको छ । पहिलो संविधानसभा अवसान हुनुको असह्य पीडा दोस्रो संविधानसभाले संविधान दिएर मेटाएको छ भने यसका पछाडि पनि काँगे्रसकै अग्रसारिता रहेको यथार्थलाई बिर्सन मिल्दैन ।
आज जे जस्तो प्रगतिमा काँगे्रस छ, यसका पछाडि विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला आदि व्यक्तिŒवका विशेष देन रहेकामा विमति रहोइन । खासगरी महामना विश्वेश्वरप्रसाद कोइरालाकै वैचारिक, सैद्धान्तिक सेरोफेरो काँगे्रसको निजस्व बनेको छ । स्वरूपमा काँगे्रस बलशाली, सारमा ओजहीन बन्दै गइरहेको वास्तविकता पनि अर्को पाटो हो । बीपीको नाम, काम भजाएर दुनो सोझ्याइरहेको काँगे्रसले के उनको नीति सहीरूपमा पालन गरिरहेको छ त ? कुरो आजको मात्रै होइन, कहिलेदेखि काँगे्रसको नीति भङ्ग हुँदै आयो, पुनरावलोकनको विषय बनेको छ ।
यसो त पार्टी–नेतृŒवका प्रत्याशी हरेकले ‘बीपी’को आदर्शअनुसार पार्टीलार्ई अघि बढाउने बाचा नगरिरहेका होइनन् तर उनका नीति के कसरी कार्यान्वयनमा ल्याउने पक्ष अज्ञात नै छ । नीतिप्रधान कि नेताप्रधान ? जस्ता सवाल नीतिको नामनिसानै नदेखिएका बेलामा व्यङ्ग्यात्मक प्रतीत भएका छन् । काँगे्रसमा नीतिको छाला कहिलेदेखि उधिनिंँदै आएको र पछि, नेता मात्र बाँकी रहेको भेउ ढिलै भए पनि हुनथाल्नु नकारात्मक लक्षण चाहिँं होइन ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद काँगे्रसका मूलमन्त्र हुन् । भनिन्छ, मनमा रहेको मन्त्र अति प्रभावकारी हुन्छ, अनुच्चारित मन्त्र पनि असरदार नहुने होइन, कराएर सुनाइने मन्त्रले समेत केही लाभ दिन्छ । काँग्रेसको सन्दर्भमा मूलमन्त्रको अवस्था कस्तो छ ? काँगे्रसीजन भलीभाँती परिचित छन् । त्यो राष्ट्रियता नै हो, जसले विश्वेश्वरप्रसाद कोइरालालाई ज्यान जानसक्ने स्थिति हुँदाहुँदै मेलमिलापको नीति लिई स्वदेश फिर्ती गरायो । राष्ट्रियताका निम्ति मेलमिलापको सन्दर्भ अझैँ उस्तै छ । वर्ग, जात, जाति, क्षेत्र, समुदाय आदिमा विभाजित नेपालीलाई मेलमिलापले नै आपसमा ऐक्यबद्ध तुल्याउन सक्छ र यसैबाट राष्ट्रियता परिपुष्ट हुनेछ । दलबीच मेलमिलाप हुँदा पराइले खेल्न पाउँदैनन् र पराइले खेल्न नपाउँदा स्वतः नै राष्ट्रियता परिबर्धन हुनपुग्नेछ । यस अर्थमा मेलमिलापको खाँचो यतिखेर ज्यादै बढेको छ ।
काँगे्रसको दोस्रो मन्त्र प्रजातन्त्र हो । लडेर, मरेर भए पनि प्रजातन्त्र ल्याउनुमा, पुनस्र्थापना गर्नुमा जति काँगे्रसको हात छ, गुम्नुमा पनि कम नरहेको हेक्का राख्न नसक्नु दोष हो । प्रजातन्त्रलाई गरिबगुरुवाको घरदैलामा समेत पु¥याउने काममा निकै चुक भएको छ । सत्ताकै हानथाप र पदकै मरिमेटाइले नेता, कार्यकर्तालाई जनसाधारणबारे सोच्न नदिएको यथार्थ अकाट्य छ । सुशासनलाई प्रजातन्त्रको पर्याय नठान्नु अर्को भूल हो । आम नेपालीलाई भेदभावरहित ढङ्गबाट हक, अधिकार उपभोग गर्न दिनु र भ्रष्टाचार हुन नदिनु भनेकै सुशासन हो । यस दिशामा नेता, कार्यकर्ता कति समर्पित र कृत्सङ्कल्पित रहे ? विवेच्य छ । बोलीमा मात्रै होइन, आचरण, चरित्र र जीवनशैलीमा प्रजातान्त्रिक सौरभ रह्यो कि रहेन ? आत्मसमीक्षा हुनैपर्छ ।
वैचारिक विविधतालाई प्रजातन्त्रको प्राण मानिन्छ । अरूका विचार, आस्था र सिद्धान्तको कदर गरियो कि गरिएन ? प्रजातान्त्रिक विधि, व्यवहारलाई दलभित्रै कत्ति अर्थपूर्ण बनाइयो ? यस्ता कैयन् तीखा प्रश्न काँगे्रसप्रति रहेका छन् । प्रजातन्त्रका नाममा सबैभन्दा बढी सत्तासीन हुने मौका पाएको काँगे्रसले यसका कमी, कमजोरीको सबैभन्दा बढी अपजस बोक्नैपर्छ । काँग्रेसले अँगालेको प्रजातान्त्रिक बाटामा एमाले, माओवादी आदि पनि लागे भनेर फुरुङ्ग हुने बेला होइन यो, प्रजातान्त्रिक मूल्य, मान्यता फस्टाउने कुरो मात्र भएको भए ठीक हुन्थ्यो, रहे, भएका तमाम विकृतिसमेत फैलिएको अवस्था चिन्ताजनक छ ।
बाँकी रह्यो तेस्रो मन्त्र समाजवादको, यसको चर्चा त काँग्रेसमै हुनछाडेको छ । बीपीको समाजवादको नीति र पछिल्ला काँगे्रसी व्यवहारमा आकाश जमिनको फरक छ । हलो जोत्ने किसानको उत्थानमा बीपीको समाजवाद छ भने केवल पुँजीवादलाई पोस्ने कार्य अहिले भइरहेको छ । बीपीको बाटो छाडेकाले नै अरू दलले उछिनेको आलोचना पनि कम छैन । काँगे्रसलाई ‘सिन्डिकेट’ परिपाटीबाट मुक्त गर्नुपर्ने धारणा सार्वजनिक हुनुले यसको आन्तरिक पीडा छताछुल्ल बनाएको छ । पुराना मन्त्र बेकम्मा रहेकाले नयाँ मन्त्र बनाउनुपर्ने धारणा चल्न थाले पनि यतिखेर पुराना पूर्णतः नअँगालिएको र नयाँ नथालिएकाले काँग्रेस नीतिगत हिसाबमा हाँस न बकुल्लाको चालमा छ । यो महाधिवेशनले नयाँ नेतृŒव चयन गर्नुका साथै काँगे्रसको आगामी नीति तथा कार्यक्रम तय गरेपछि वस्तुगत यथार्थ छर्लङ्गिँदै जानेछ ।
छापा सञ्चारमा तीनथरी ‘काँग्रेस’ पाइन्छन्–चन्द्रबिन्दुयुक्त काँगे्रस, शिरबिन्दुयुक्त कांँगे्रस र अर्ध ङ्कारसहितको काङ्गे्रस । पार्टीमा थरीथरीका काँग्रेस रहनुको यो गतिलो उदाहरण हुनसक्छ । मुखौरामा अन्तर अवश्य छ तर ‘गे्रस’ चाहिंँ सबैको उही छ । काँग्रेसमा गुट, उपगुटको कुरो नयाँ होइन । मातृका, बीपीकै पालादेखि अघि बढ्दै आएको परम्परा मान्ने पनि छन् । गिरिजाप्रसाद, कृष्णप्रसाद तथा गणेशमान एक नरहेको दृष्टान्त छँदैछ । चौहत्तरे–छत्तीसे पदावली यसै बनेका होइनन् । पार्टीभित्र गुट हुनु प्रजातान्त्रिक परिपाटीमा गलत होइन भन्दाभन्दै काँगे्रस नै विभक्त भई नेपाली काँगे्रस र नेपाली काँगे्रस (प्रजातान्त्रिक) बनेको मात्र नभई जुटेको पनि देखिएकै हो । यही सिको एमालेले ग¥यो, राप्रपाले ग¥यो र अहिले माओवादी उही अभ्यासमा छ । १३ औंँ महाधिवेशनमा दुई खेमा मात्र होइन, संस्थापन पक्षबाटै अलग समूहसमेत देखिए । आफू विजयी भएमा सबैलाई समेटेर लाने अभिव्यक्ति दिन चाहिँं कोही चुकेका छैनन् ।
महाधिवेशनको चरमोत्कर्षसम्म पुग्दा निष्ठावान्, इमानदार तर धनका गरिब कार्यकर्ता चाहिँं गम खाइरहेका छन् । पार्टीको आन्तरिक निर्वाचनमा पैसाको यत्रो खोलो बग्नुलाई हुनेले सामथ्र्य त नहुनेले पतनको संज्ञा दिएका छन् । पुँजीवादी प्रजातान्त्रिक देशका चुनावमा पैसाको खेल नौलो होइन, भारतमा हुन्छ, अमेरिकामै पनि कसले कति बढी पैसा उठायो भन्ने कुराको भूमिका हुन्छ भनेर पन्छनेलाई अहिलेको चुनावले पनि कुनै पाठ पढाउने छैन । चाहे पार्टीको होस् अथवा शासनसत्ताका लागि हुने चुनाव होस्, पैसाको ठ्याम्मै महŒव नहुने परिपाटी अँगाल्न हामीले किन सक्दैनौ ? यस्ता पक्षमा सोच, सक्रियताको खडेरी लागेको छ ।
महाकुम्भको महिमा अमृतप्राप्तिमा छ । यही अमृततŒवको चाहनाले जहाँसुकै कुम्भमा भीड लाग्ने गरेको हो । यो महाकुम्भबाट काँगे्रस आफँैले त धेरैथोक चाहेकै छ । मुलुकका अपेक्षा पनि बग्रेल्ती छन् । पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनुपर्ने, प्रष्ट नीतिसाथ विधिसङ्गत हिसाबमा चलाउनुपर्ने र नेता, कार्यकर्तालाई राष्ट्र तथा जनमुखी कार्यमा प्रवृत्त गराउनुपर्ने स्थिति छ । अन्तिमकालमा ‘सर्वमान्य’ गणेशमान सिंह र ‘सन्तनेता’ कृष्णप्रसादले जुन नियतको सिकार हुनुप¥यो, त्यसको पुनरावृत्ति नहुनुमै काँगे्रसको गरिमा रहनेछ । जनसाधारणका मन, मस्तिष्कबाट उत्रँदै गएको काँगे्रसले फेरि उही गरिमा प्राप्त गर्न जन, जनका मनमा बस्नैपर्ने हुन्छ । यसका लागि जनहितका काममा सदैव गम्भीर, इमानदार तथा क्रियाशीलता जरुरी छ । काँगे्रस विगतमा जस्तो गुटपरस्त, कार्यकर्तामुखी भएर हुँदैन, सबैलाई समेटेर जान यसले विधिसम्मत हिसाबमा जनमुखी नै हुनुपर्छ ।
राजनीतिक पार्टीले केवल आफ्ना नेता, कार्यकर्ता पोस्छन् भन्ने धारणा मेट्नु जरुरी छ । काँगे्रसको मूलमन्त्रमै यसको सफलताको रहस्य पनि लुकेको छ । राष्ट्रियताले राष्ट्रियताका नारा गुञ्जाउने राप्रपाजस्ता दायाँतिरका दललाई समेट्नसक्छ भने समाजवादले वामपन्थीमा लागेकालाई आकर्षित गर्छ र प्रजातन्त्रले दुनियाँलाई आफू पनि उही बाटामा हिँडेको जनाउँछ । तसर्थ, यी तीनमन्त्रलाई सामयिकताको आवरणमा ढाली कसरी अघि बढ्ने भावी नेतृŒवको चुनौती रहेको छ । पार्टीभित्रको गुटपरस्ती अन्त्य गर्न हदैसम्मको लचिलोपन र चर्कै कठोरता समेत आवश्यक छ । गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका सम्बन्धमा पनि नेता, कार्यकर्ताको एक बोली हुनुपर्छ । अन्यथा काँग्रेसभित्रै फरक काँग्रेस रहिरहनेछन् ।
पार्टीलाई मात्र सही दिशामा डोहो¥याएर काँगे्रसको दायिŒव पूरा हुनेछैन । मुलुकसामु रहेका अजङका सङ्कट पन्छाउनु जरुरी छ । भूकम्पले लगाएका घाउमा मलम लगाउने, आन्दोलनमा लागेकालाई अङ्कमाल गर्ने र जारी संविधानलाई कार्यान्वयनको जामा पहि¥याउने काम निश्चय नै सजिलो छैन । जनताका गास, बास र कपासका समस्या पनि मेट्नैपर्छ । नारा, भाषणबाजी र सत्तास्वार्थमा मात्र अलमलिएको पुरातन राजनीतिक पन्थलाई कसरी विकासोन्मुख तुल्याउने बृहत् मन्थन आवश्यक छ । आजको विषम, प्रतिकूल घडीमा राष्ट्र, राष्ट्रियताको जगेर्ना गर्दै पछ्यौटेपनविरुद्ध शङ्खघोषसाथ कसरी २१ शताब्दीको यात्रा गर्ने निश्चय नै चानचुने विषय होइन ।
सबै बेथिति, अप्ठेरा तथा चुनौती पार गरी अघि बढ्नसक्नु काँग्रेसको खुबी हुनेछ । काँगे्रसलाई इतिहासको पार्टी बनाउने कि ‘ऐतिहासिक’ ? ज्वलन्त प्रश्न यही हो । भावी नेतृŒवमा काँग्रेसी वृत्त कसरी अघि बढ्छ, जनता जनार्दनले त्यसैमा यसको उत्तर पहिल्याउनेछन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना