• ६ चैत २०८०, मङ्गलबार

काँडेतार होइन, पर्खाल बनाउनुपर्छ : नेता खतिवडा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशको सीमानामा काँडेतार नभ पर्खाल बन्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्न नहुने उहाँको भनाइ छ । खतिवडाले नेपाललाई मेची–महाकाली काँडोतार लगाएर घेर्नेभन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी नेपाली नागरिकमा पनि बिडम्बना छ । कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतविरोधी हुनुहुन्छ । मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतविरोधी भनेर प्रचार गरिन्छ ।” देशको स्वाधीनताको विषयमा बोल्न कसैलाई हिच्किचाहट हुन नहुने उहाँले बताउनुभयो ।