भोली श्रीपञ्चमी

sarswati deviकाठमाडौँ माघ १० गते । माघ शुक्ल पञ्चमीका दिन आइतवार सनातन हिन्दु धर्मावलम्वीले विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको स्तुति तथा पूजन गरी मनाउँदैछन् । पशुपति भष्मेश्वरघाटस्थित सरस्वतीको मन्दिर ,जयवागेश्वरी , स्वयम्भूको सरस्वती पीठ ,विशालनगरको नील सरस्वती , पाटन लेलेको सरस्वती कुण्ड , भक्तपुर दधिकोटको चारखण्डीस्थित सरस्वती चित्लाङ् खर्क र गोदावरी स्थित नौधारा लगायत मुलुकका विभिन्न भागमा रहेको सरस्वती मन्दिरमा भक्तजनको बिहानै देखि भिड लाग्छ । यसैदिन बालवालिकालाइ अक्षरारम्भ तथा नाक कान छेड्ने प्रचलनपनि छ । हनुमानढोका स्थित नासल चोकमा परम्परा अनुसार राष्ट्र प्रमुखवाट विहान ७ः१५ वजेको साइतमा बसन्त श्रवण तथा सरस्वतीको कलशको जल अभिषेक ग्रहण गर्नुहुने कार्यक्रम तय भएको हनुमानढोका दरवारका राष्ट्रसेवक चन्द्रप्रसाद पराजुलीले जानकारी दिनु भएको छ । नासलचोकमा आइतवार सोही साइतमा बसन्तराग प्रस्तुत गरिने भएको छ । ज्यो. डा सुनिल सिटौलाका अनुसार यसपर्वलाइ बसन्त पञ्चमी भनिए पनि बसन्त पञ्चमी चैतको दशैँ आसपास पर्ने र हाल शिशिर क्रृतु चलिरहेकोले यसपर्वलाइ बसन्त पञ्चमी भन्नु उपयूक्त छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना