• ६ चैत २०८०, मङ्गलबार

प्रतिनिधिसभा बैठकमा विभिन्न प्रस्तावमाथि छलफल जारी

blog

काठमाडौं, साउन २५ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा विभिन्न प्रस्तावमाथि छलफल जारी छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘‘शपथसम्बन्धी विधेयक, २०७९’’ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिनुभयो ।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको सन्देशसहितको ‘‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।