• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रियसभा बैठक सुरु

blog

फाइल तस्बिर

काठमाडौं, साउन २५ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बुधबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउनु हुनेछ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग एने, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउन आदेश सभा समक्ष पेश गर्नुहुनेछ ।

सङ्घीय संसदले सार्वजनिक गरेको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्न्द्र पौडेलले ‘‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने उल्लेख छ ।