• ६ चैत २०८०, मङ्गलबार

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

blog

तस्बिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको प्रेस संयोजक सूर्य किरणको फेसबुकबाट

काठमाडौं, साउन २४ गते । जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच मङ्गलवार भेटवार्ता भएको छ ।

भेटमा लिवरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य एवम् नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहनुभएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।


उक्त भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको थियो ।