• ६ चैत २०८०, मङ्गलबार

फोहोर व्यवस्थापन नभए बस्न नसक्ने अवस्था आउँछ : सांसद जैरु

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते । नेकपा (एकीकृत समाजवादी)का सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा समयमा माग गरेर बोल्नुहुँदै सांसद जैरुले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका प्रमुख मात्रै नभएर सङ्घीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै, सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्बन गर्न सरकारसँग माग गर्नुभयो ।