ओस्कार एवार्डमा देशी गर्ल

हलिउड । सन् २०१६ को ८८ औं ओस्कार एवार्ड अर्थात् एकाडेमी एवार्ड नेपाली समय अनुसार सोमबार बिहान हलिउडमा आयोजना हुँदैछ । यस वर्षको एवार्ड विशेष गरी बलिउड र भारतवासीहरुका लागि निकै उत्साहजनक हुने अनुमान गरिंदैछ किनकि यस वर्षको एवार्ड कार्यक्रमको संचालन बलिउड अभिनेत्री प्रियंका चोपडाले गर्दैछिन् , उनलाई जुलियन मुर, रिच विदरस्पुन लगायतका हलिउडका कलाकारहरुले पनि साथ दिनेछन् । यसका लागि प्रियंकाले विशेष तयारी समेत गरिरहेकी छिन् । यसका साथै उनले एवार्ड

समारोह हुने स्टेजमा कार्यक्रमको अन्तिम रिहर्सल गर्दै केही तस्वीर पनि इण्स्टाग्राममा पनि हालेकी छिन् । हाल उनी अमेरिकन टेलिसिरियल ु क्वाण्टिको ुमा महत्वपूर्ण भूमिकामा अभिनय गरिरहेकी छिन् ।
सम्भवतः कुनै पनि बलिउड कलाकारले विश्वप्रसिद्ध ओस्कार एवार्ड कार्यक्रम संचालन गरेको यो नै पहिलो घटना हो जसका लागि भारतीयहरु व्यग्ररुपमा प्रतीक्षा गरिरहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना