सविधानका विवादीत विषयलाई जनमत संग्रहबाट टुगों लगाउनुपर्ने– थापा

Kamal Thapaa

काठमाडौं ,माघ ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाका विवादित विषयहरुलाई जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।
उहाँले संविधान निर्माणका विवादित विषयहरुको जनमत सङ्ग्रहमार्फत टुङ्गो नलागेसम्म मुलुकले नयाँ संविधान पाउन नसक्ने ठोकुवा गर्नुभयो ।
“मुलुकमा राजसंस्था कि गणतन्त्र , धर्म सापेक्षता कि धर्म निरपेक्षता तथा सङ्घीयता कि केन्द्रीयता जस्ता दुरगामी महत्वका विषयबारे जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्छ ” शुक्रबार सो पार्टीद्धारा राजधानीमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्पष्ट पार्नुभयो , “ जनमत सङ्ग्रहले यी विषयमा जे निर्णय दिन्छ , त्यो मान्न राप्रपा नेपाल तयार छ ।”
संविधाान निर्माण र मुलुकको वर्तमान सङक्रमणको अन्त्यको सन्दर्भमा जनमत सङ्ग्रहको परिणाम बाहेकको निर्णय राप्रपा नेपाललाई कदापि स्वीकार्य हुन नसक्ने बताउँदै उहाँले दावी गर्नुभयो , “ जनमत सङ्ग्रहको परिणाममा टेकेर मात्र मुलुकले स्थायी शान्ति , स्थिरता र संविधान प्राप्त गर्न सक्दछ , यसको कुनै विकल्प छैन ।”
राजनीतिक सिण्डिकेट र भागवण्डाको आधारमा संविधान निर्माण गर्न खोजिए आफ्नो पार्टीले त्यसको सशक्त प्रतिवाद गर्ने बताउँदै उहाँले राप्रपा नेपालको नेतृत्वमा मुलुकमा तेस्रो जनआन्दोलन हुने चेतावनी समेत दिनुभयो ।

सोही दलका नेता केशरबहादुर विष्टले विदेशीको गीत र गुणगान गाएर मुलुकले र जनताले संविधान प्राप्त गर्न नसक्ने बताउनुभयो ।
सभामुख सुवासचन्द्र नेम्वाङलाई विदेशीको इशारामा चलिरहेको आरोप लगाउँदै उहाँले १२ बुँदे सहमतिमा समेत उल्लेख नभएको तथा प्रमुख राजनीतिक दलका नेताहरुलाई समेत थाहा नभएको धर्म निरपेक्षताको विषय सभामुख नेम्वाङ्ले पहिलो संविधानसभामा आफू खुशी बाचन गर्नुभएको आरोप लगाउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना